IME Life
Beema Board

व्याजदरका विषयमा अर्थमन्त्रीले बनाए समिति, एक साताभित्र बढेको व्याजदर फिर्ता गर्ने तयारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुको व्याजदरको विषयमा अध्ययन समिति बनाएका छन् । शर्माले बीमा समितिको सुदुरपश्चिम प्रदेश कार्यालय उद्घाटन कार्यक्रममा संबोधन गर्दै व्याजदरका विषयमा अध्ययन गर्ने बताएका थिए ।

बैंकहरुले व्याजदर बढाए सँगै व्यवसायदेखि सर्वसाधारणले चर्को विरोध गर्दै आएका थिए । शर्माले गठन गरेको समितिलाई लिएर बैंकरहरुले व्याजदरमा सरकारको हस्तक्षेप भएको भन्दै टिप्पणी गरेका छन् । शर्माले अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुवेदीको संयोजकत्वमा सात सदश्य समिति गठन गरेका थिए ।

Prabhu
Crest

बैंकहरुले लामो समयदेखि निक्षेपको व्याजदरमा भद्र सहमति गर्दै बढाएका थिएनन् । तर व्याजदर नबढाउदा पनि निक्षेप नआए पछि बैंकहरुले निक्षेपको व्याजदर बढाएका हुन् । यस महिनामा निक्षेपको व्याजदर बढाउने वित्तीकै बैंकहरुले दोस्रो त्रैमाशका लागि कर्जाको व्याजदर पनि बढाउन पाउने छन् । बैंकहरुले यहि महिनाको एक गतेदेखि कायम हुने गरी मुद्दती निक्षेपको व्याजदर १३.१३३ प्रतिशत पुर्याएका छन् । यसको असर बैंकको आधार व्याजदरमा सबैभन्दा पहिला देखिनेछ ।

आज दिउँसो अर्थमन्त्रालयमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरु विचमा छलफल भएको थियो । छलफलका क्रमम व्यवसायीहरुले व्याजदर बढेको विषयलाई लिएर बैंकहरुको चर्को विरोध गरेका थिए । अर्थमन्त्री शर्माले उक्त समितिको सुझावलाई आधार मानेर एक साता भित्रमा बढेको व्याजदर फिर्ता लिन लगाउनेसम्मको तयारी गरेका छन् । शर्माले यसै साता व्याजदरको विषयमा संबोधन गर्ने बुझिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS