Connect IPS
IME Life

बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी  बढाउन निर्देशन दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसहित चार मन्त्री र सचिवहरुसहितको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा अवाञ्छीत गतिविधि हुनेतर्फ सचेत रहँदै आ—आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । उनले मन्त्रि तथा सचिवहरुलाई १२ बुँदे निर्देशन दिएका छन् ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ मन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव विनोद सिंह, अर्थसचिव कृष्णहरी पुष्कर कर्ण, उद्योग सचिव तोया नारायण ज्ञवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राया, काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतका उच्च सरकारी अधिकारीको सहभागिता रहेको थियो ।

Prabhu
Crest

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी दिदै आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको र अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताए ।

चाडपर्वको सन्दर्भमा बजार अनुगमन, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका सम्बन्धमा प्रधानमन्त्रीको निर्देशन

  1. यतिखेर हामी नेपालीहरूको महान् चाड दशैँ¸ तिहार¸ छठ लगायतका ठुला राष्ट्रिय पर्वहरूको सँघारमा छौँ । भोलिबाट दशैँ पर्वको पहिलो दिन घटस्थापना शुरु हुँदैछ । यस अवसरमा म सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख¸ शान्ति¸ समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
  2. मुलुकमा दशैँ, तिहार, छठजस्ताराष्ट्रियचाडपर्वहरूको चहल पहल शुरु भएसँगै बजारमा वस्तु तथा सेवाको उपभोगका लागि उपभोक्ताको माग बढ्नु स्वाभाविक हो । आम नागरिकहरूले उपभोग गर्ने अत्यावश्यक वस्तुको आपूर्तिलाई सुचारु राख्न र आपूर्ति प्रणालीमा कुनै व्यवधान आउन नदिन सरकार प्रतिबद्ध र क्रियाशील छ । सरकारले आफ्नो क्षमताले भ्याएसम्म सार्वजनिक संस्थानहरूमार्फत कतिपय उपभोग्य वस्तुहरू सहुलियत मूल्यमा विक्री वितरण गर्ने प्रबन्ध पनि मिलाएको छ ।
  3. बजारमा वस्तु तथा सेवाको खरिदका लागि उपभोक्ताको चाप बढेसँगै यसै मौकामा कतिपय व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई चर्को मूल्यमा वस्तु तथा सेवा विक्री वितरण गर्ने¸ कतिपय उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य वृद्धि गर्ने¸ खाद्यवस्तुहरूमा मिसावट गर्ने लगायतका उपभोक्तालाई ठगी गर्ने घटनाहरू घटाउने सम्भावना रहन्छ । यसका लागि एकातिर सरकारका अनुगमन गर्ने निकायहरू बढी क्रियाशील हुन जरुरी छ भने अर्कातर्फ उपभोक्ता स्वयं पनि सचेत र जागरुक हुन आवश्यक छ ।
  4. बजारमा कृत्रिम रूपमा हुने मूल्य वृद्धिलाई नियमन र नियन्त्रणगर्न¸ अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिनतथा उपभोग्य वस्तुहरूमा जथाभावी मिसावट हुन नदिई खाद्य वस्तुहरूको गुणस्तर कायम राख्न जिल्ला प्रशासन कार्यालयहरू¸ वाणिज्य विभाग र यस अन्तर्गतका निकायहरू¸ नेपाल गुणस्तर तथा नापतौल विभाग¸ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग¸ प्रदेश तथा स्थानीय सरकारहरू सबैले आ आफ्नो क्षेत्रमा अनुगमन र सुपरिवेक्षणलाई बढाउनु पर्नेहुन्छ।
  5. यसर्थ अस्वाभाविकमूल्यवृद्धिलाई नियन्त्रण गर्न¸अत्यावश्यकवस्तुकोसहजरसर्वसुलभउपलब्धता कायम गर्न, खाद्य वस्तुको स्वच्छता कायम गर्न र वस्तुकोगुणस्तर तथानापतौलमा कुनै मोलाहिजा हुन नदिन म माथि उल्लिखित सबै निकायहरूलाई सक्रियतासाथ बजार अनुगमन कार्यमा खटिन म निर्देशन दिन चाहन्छु । बजार अनुगमन गर्दाथोक तथा खुद्रा सबै किसिमका अनुचित व्यापारिक क्रियाकलापलाई प्रत्यक्ष रूपमा निगरानी गर्नुपर्ने हुन्छ। यस क्रममा सम्बन्धित सबै निकायको प्रतिनिधित्व हुने गरी संयुक्त अनुगमन टोली गठन गरी केन्द्रदेखि स्थानीय तहसम्म परिचालित हुन म सम्बन्धित निकायहरूलाई निर्देश गर्दछु ।
  6. साथै¸ केन्द्रीय स्तरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय¸ गृह मन्त्रालय¸ उद्योग¸ वाणिज्य तथा आपूर्त मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालय तथा निकायहरूले पनि बजार अनुगमन कार्यको समन्वय गरी बजारका गतिविधिलाई स्वच्छ र उपभोक्तामैत्री बनाउन विशेष पहलकदमी लिन आवश्यक छ ।
  7. अहिले इन्धन¸ खाने तेल¸ गहुँ लगायतका कतिपय खाद्य वस्तुहरूकोअन्तर्राष्ट्रियबजारमाभएकोमू्ल्यवृद्धि तथा रुस-युक्रेन युद्धकाकारण विश्व आपूर्ति प्रणाली शृङ्‌खलामा आएको व्यवधानले कतिपय उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेकोले उपभोक्ताहरू बढी मारमा परिरहेको स्थिति छ । त्यसमाथि बजारमा हुने कृत्रिम अभाव¸ कालो बजारी र अस्वाभाविक मूल्यले सर्वसाधारणजनतालाई थप आहत बनाउने हुन्छ । यस पृष्ठभूमिमा बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई कुनै पनि किसिमको ठगीबाट बचाउन र उनीहरूको अधिकतम हित सुनिश्चित हुने गरी कार्य गर्न म सम्पूर्ण सरोकारवाला निकायहरूलाई आग्रह गर्दछु ।

अब म बजार अनुगमनलाई प्रभावकारी बनाई उपभोक्ता हित कायम गर्ने सम्बन्धमा देहायका बुँदाहरूमा केन्द्रित भई कार्य गर्न म सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई निर्देशन गर्दछु-

  1. बजार अनुगमन, गुण नियन्त्रण तथा उपभोक्ता हित संरक्षणको जिम्मेवारी प्राप्त गरेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग,नेपाल गुणस्तर तथा नाप तौल विभाग, यातायात व्यवस्था विभाग, पशु सेवा विभाग, औषधि व्यवस्था विभागर कृषि विभागले आफू र मातहत कार्यालयहरू समेत परिचालन गरीबजार अनुगमन, नियमन तथा अनुचित व्यापारिक क्रियाकलापको नियन्त्रणलाई सघन बनाउने ।
  2. बजारका बहुपक्षीय विषयको अनुगमन गर्दा सम्बन्धित विषयविज्ञ सहितको संयुक्त बजार अनुगमन टोलीले बजारको अनुगमन गर्ने र त्यस्तो टोलीको संयोजन तथा नेतृत्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने व्यवस्था मिलाउने ।
  3. जिल्ला प्रशासन कार्यालयहरू र मातहतका इलाका प्रशासन कार्यालयहरूले स्थानीयस्तरमा खाद्यान्न, माछामासु लगायतका मालवस्तुको खरिद बिक्रीमा हुनसक्ने मिलेमतो, कार्टेलिङ, सिण्डिकेट रकालो बजारी जस्ता क्रियाकलापलाई नियन्त्रण गर्न चाडपर्वको अवसरमा अनुगमनलाई सघन तुल्याउने।
  4. यातायात व्यवस्था विभागले यात्रुहरूको सुरक्षित र भरपर्दो यातायात सुविधाको सुनिश्चितता गर्ने। साथै¸सबै बसपार्क तथा प्रमुख नाकाहरूमा अनुगमन गरी सार्वजनिक यातायातका सवारी साधनले तोकिएभन्दा बढी भाडा नलिएको र क्षमता भन्दा बढी यात्रु नबोकेको सुनिश्चितता गर्ने। यस अतिरिक्त चाडपर्वको अवसरमा सञ्चालन हुने यातायात साधनको अवस्था सम्बन्धमा छड्के रूपमा प्राविधिक परीक्षण गरी सवारी साधनको अवस्था दुरुस्त रहे नरहेको जाँचपडताल गर्ने प्रबन्ध मिलाउने ।
  5. पशुसेवा विभाग र मातहतका कार्यालयहरूले हाटबजार तथा स्थानीस्तरमा हुने पशुपन्छी खरिद बिक्रीको अनुगमन गरी त्यसरी बिक्री वितरण भइरहेका पशुपन्छीहरू स्वस्थ रहेको सुनिश्चिततागर्ने ।
  6. कृषि विभाग तथा कृषि ज्ञानकेन्द्रले तरकारी तथा फलफूलको थोक तथा खुद्रा बिक्रीकेन्द्रको निरीक्षण गरी विषादी रहिततरकारी तथा फलफूलमात्रबिक्री वितरणको सुनिश्चिततामिलाउने। तरकारी तथा फलफूलमा जथाभावी विषादी मिसाउने उपर कडा कानूनी कारवाही गर्ने ।
  7. बजारमा बिक्रीको लागि राखिएका माल वस्तुको तोकिए बमोजिमको गुणस्तर छ छैन र प्रयोगमा रहेका नापतौल उपकरणहरू मान्यता प्राप्त छन् छैनन् अनुगमन गरी गुणस्तरीय आपूर्तिको सुनिश्चितता गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभागलेअनुगमन गर्ने ।
  8. राजमार्ग तथा प्रमुख शहरी केन्द्रमा सञ्चालित होटल तथा रेष्टुरेण्ट व्यवसायले विक्रीका लागि राखेको तयारी खाद्य वस्तु खानयोग्य र स्वस्थकर छ छैन भन्ने विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सघन अनुगमन गर्ने ।
  9. बजारमा डेङ्‌गी तथा कोभिड लगायतका रोगहरूसँग जुध्नको लागि अत्यावश्यक मानिएका आधारभूत औषधिहरूको पर्याप्त उत्पादन, सहज आपूर्ति र विक्री वितरणको सुनिश्चितता गर्नस्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागले संयुक्त रूपमा अनुगमन गर्ने ।
  10. चाडपर्वको बेलामा बजारमा हुनसक्ने भिडभाडसँगै चोरी, लुटपाट जस्ता गतिविधिलाई पूर्ण नियन्त्रणमा राख्न संवेदनशील क्षेत्रमा अतिरिक्त संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै आम नागरिकलाई समेत सजग र सचेत गराउन गृह मन्त्रालय र मातहतका जिल्ला प्रशासन कार्यालयहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।कहीँ कतै अवाञ्छित गतिविधि हुन लागेमा नजिकको प्रहरी वा प्रहरीको टोलफ्री नम्बर १०० मा फोन गर्न आम जनतालाई अनुरोध गर्ने ।
  11. बजार अनुगमन र उपभोक्ताको हित संरक्षणका लागि सबै प्रदेश सरकार तथा स्थानीय तहलाई पूर्ण परिचालन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय र सङ्‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने ।
  1. सरकारलेचाडपर्वहरूलाईलक्षितगरीखोलेकोसहुलियतपसलहरूबाट बढी भन्दा बढीसर्वसाधारणलेलाभलिनसक्नेगरीप्रबन्धमिलाउने तथायसकोआवश्यक प्रचारप्रसारगर्ने कार्य उद्योगवाणिज्यतथाआपूर्तिमन्त्रालयले मिलाउने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS