Connect IPS
IME Life

रामदेव तेलद्धारा चाडपर्व उपहार योजना अन्तर्गत पाँचौ हप्ताका बिजेतालाई पुरस्कार बितरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ताहरुसँग अन्तरक्रिया गर्ने उदेश्यले तपाइको हरेक चाडपर्वमा माया भर्छौ हामी , चाडपर्वको बहार हरेक हप्ता उपहार योजना अन्र्तगत पाँचौ हप्ताको लक्की मार्फत बिजेता भएका बिजयीहरुलाई पुरस्कार बितरण गरिएको छ ।

पाँचौ हप्ताको लक्की ड्र गरिएको पाँचौं हप्ताको प्रतिस्पर्धा रामदेव तेल कुन कुन मार्टमा उपलब्ध (बिग मार्ट, भाटभटेनी,दराज वा माथिका सबै) छ भन्ने योजनामा भाग लिई सही उत्तर दिनु रहेको थियो । । जस अन्र्तगत यस प्रतियोगितामा भाग लिई लक्की ड्र मार्फत बिजेता हुन सफल प्रतियोगीहरुमध्ये २ जनाले जनही १÷१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन् । यस प्रतियोगितामा सहभागी भई बिजेता हुन सफल काठमाण्डौं चावहिलका उमेश श्रेष्ठ र बालाजुकी मनिषा अधिकारी रिमाल रहेका थिए । गणपति बनस्पति प्रा.लि. का मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले विजेता दुवैजनालाई पुरस्कार बितरण गरेका थिए । रामदेव तेलले यसरी हामीलाई डिजिटल मिडिया मार्फत जोडी उत्पादनसँग परिचित गराएकोमा बिजेता उमेश श्रेष्ठले धन्यवाद दिए ।

Prabhu
Crest

गणपति बनस्पति प्रा.लि.ले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री बितरण गर्दै आइरहेको छ । गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादन गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा अब शुरु हुन लागेको नेपालीहरुको महान चाड तीजदेखि छठ पर्व सम्मको लागि चाडपर्वको बहार हरेक हप्ता आर्कर्षक उपहार योजना सार्वजनिक यसअघि नै गरिसकेको छ । जस अनुसार यो डिजिटल मिडिया फेसबुक मार्फत हुने प्रतिस्र्पधामा जो सुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना बिजेतालाई लक्की ड्र मार्फत पुरस्कार बितरण गरिने कम्पनीले जनाएको छ । रामदेव सनफलावर, तोरी र सोयाविन तेल नेपालभर रहेका भाटभटेनी सुपर मार्केट, सम्पुर्ण बिग मार्ट एवं काठमाण्डौं र पोखराका अन्य पसल तथा मार्टहरुमा सर्बत्र उपलब्ध रहेको छ । यी माथिका कुनैपनि सपिङ्ग सेन्टरमा गई आम ग्राहकहरुले हाम्रो उत्पादन खरिद गरी उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ । गणपति बनस्पति प्रा.लि. लक्की ग्रुपको भागिनी संस्था हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS