काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट प्रतिशेयर २० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यसैगरी बोटलर्स नेपाल तराई लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट प्रतिशेयर ६० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीहरुको उक्त प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।