IME Life

बीमा अभिकर्ताले नैतिक पालना गर्नुपर्ने यस्ता छन् कारणहरु

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीले इजाजत प्रदान गरी बीमा लेख बिक्रि गन बजारमा पठाएका व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । यसरी बीमा गराउन प्रेरित गर्ने व्यक्तिले नैतिक मूल्य मान्यता गुमाउनु हुँदैन । अभिकर्ताले नैतिक पालना गर्नुपर्ने कारणहरु भने यस्ता कारणहरु रहेका छन् ।

१.सर्वप्रथम बीमितलाई वा प्रस्तावकलाई प्रत्यक्ष भेट गरी सम्वाद गर्नुपर्दछ । कुनै ग्राहकले बीमकसँग गलत फाइदा उठाउन खोजेको हुन सक्दछन् । सोको मनोवैज्ञानिक अध्ययन गर्नुपर्दछ । ग्राहकको आदतm पेसा, उमेर, स्वास्थ्य, पारिवारिक स्थितिको जानकारी लिनु अति नै जरुरी कुराभित्र पर्दछ । केहि समयको गफगाफ पश्चात उक्त व्यक्तिले बीमा गरेको छ वा छैन भन्ने कुराको जानकारी स्वत हुने गर्दछ ।

Prabhu
Crest

२.आफ्नो अनुपस्थिपतमा प्रस्ताव फारम भरेर ल्याएकामा सहर्ष स्वीकार गर्नुहुँदैन । किनभने बीमालाई व्यापारिक खेती बनाउनबाट रोक्नुपर्दछ । कतिपय दीर्घरोगी, मृत्युको मुखमा पुगेकाहरु, बिरामी शैयामा सुतेकाहरुले पनि बीमा प्रस्ताव गर्न सक्छन् । सीमित पैसाको लोभमा नपरी आफ्नो हैसियत कायम राख्नुपर्दछ । कतिपय दाबी भुक्तानीहरु यससम्बन्धी सम्बन्धित पाइएको छ । रोग र मृत्यु भनेको कुनै पनि उमेरकालाई कुनै पनि प्रकारका हुन सक्छ । बीमकले छुट दिएको उमेरको अवस्थाले गर्दा पनि दीर्घरोगी बीमित हुन पुग्दछन् । साथै यो अवस्थामा भुक्तानीमा अभिकर्तालाई सामाजिक लाञ्छना लाग्दछ ।

३.नैतिक आचरण खराव, कुख्यात अपराधीहरु, ग्याङ फाइटरहरु, अनैतिक क्रियाकलापमा समावेश भएकाहरुको बीमा प्रस्ताव फारम भर्नुहुँदैन । किनभने यो बढी जोखिमपूर्ण हुन्छ । यदि पस्ताव फारमभर्नुपरेमा अभिकर्ताको गोप्य प्रतिवेदनमा आफूले जाने बुझेका कुराहरु लेखिदिनुपर्दछ ।

४.जीवन बीमा अभिकर्ताले आफ्नो ग्राहकलाई सन्तुष्टि दिन सक्नुपर्दछ । जसमा उसको आर्थिक हैसियत अनुसारको बीमा लेख बिक्रि गर्नु प्रमुख हुन्छ । कमिसनको लोभमा कम आम्दानीको व्यक्तिलाई बढी रकमको बीमा प्रूताव गर्नु हुँदैन । आर्थिक रुपमा कमजोर व्यक्तिले ठूलो रकमको बीमा प्रस्ताव गरेमा दुई तीन वर्ष पनि तिर्न सक्दैन अनि समर्पण गर्ने सम्भावना हुन्छ । बुझाएको भन्दा कम रकमउसले फिर्ता पाउँछ । यस्ता कार्यले समाजमा बीमाको नकारात्मक सन्देश फिँजाउँदा त्यसै समाजमा अर्काे ग्राहक भेट्न गाह्रो हुन्छ । यदि व्यक्तिको हैसियतअनुसार लामो अवधिको बीमा गराएमा इष्टमित्र, नातेदार, साथी,सहकर्मीलाई आकर्षित गर्दछ । उसले पनि नियमित भुक्तानी गरी सुरक्षित रहन्छ । अभिकर्ताको पनि पूर्णकालीन ग्राहक बन्दछ ।

५.बीमा प्रस्ताव भर्दा व्यवसाय परिवर्तन नगरी उल्लेख गर्नुपर्दछ । यदि जोखिमयुक्त व्यवसायमा बीमाले तोकेको शुल्क अनिवार्य लगाउनुपर्दछ, जसले गर्दा बीमित, बीमक र अभिकर्ता सुरक्षित रहन्छन् ।

६.बीमा अभिकर्ताले पूतावको आर्थिक स्रोत बुझेर मात्रै प्रस्ताव फारम भराउनुपर्दछ । नियमित शुल्क बुझाउन नसक्नेहरुलाई बीमा गराउनुहुँदैन बरु सानो बीमाङ्कको लामो अवधिको बीमा अभिकर्ताले कमिसनलाई मात्र ध्यान नदिईकन सामाजिक सेवाको भावना पनि राख्नुपर्दछ ।

७.बीमा अभिकर्ताले प्रस्ताव फारम भर्दा प्राय निश्ति बीमायोग्य व्यक्तिको भर्नुपर्दछ । जसमा धेरै दुब्लो, धेरै मोटो, स्वास्थ्य खराब, पेसाविहिन, नैतिकहीन हुनुहुँदैन ।

८.बीमालाई व्यक्तिगत स्वार्थमा निहित हुन नदिन बमिा अभिकर्ता प्रमुख जिम्मेवार हुनुपर्दछ । धेरै बुझेका र कम बुझेका ग्राहकसँग शतर्क हुनुपर्दछ ।

९.प्रस्तावक बीमितको उमेरको प्रमाण्पत्रको यकिन हुनुपर्दछ । आँकला गर्न सकिन्छ न कि कसैले यसको दुरुपयोग नगरोस् ।

१०.बीममा प्रस्ताव फारम बीमकले स्वीकृत गरेर बीमा लेख प्राप्त भएपछि मात्र बीमा योग्य भएको मानिन्छ । कतिपय बीमकले शुल्क पहिल्यै लिने र अन्डरराइटिङ पछि गर्ने गरेको पाइन्छ। तर शुल्क बुझाए पनि बीमकको बीमालेख नदिईकन वा बीमा लेख नं.प्राप्त नभई यसको आधिकारिक मान्यता हुँदैन ।

११.बीमितहरु एक पटक बीमा शुल्क बुझाई बीमा लेख लिएपछि लामो समयसम्म शुल्क नबुझाउँदा पनि जोखिम वहन भएको ठान्दछन् । शुल्क नबुझाई कुनै घटना घटे दाबी भुक्तानी परेमा बीमितले उक्त सुविधा प्राप्त गर्दैन अनि बीमितले समाजमा बीमा गरेको तर बीमा कम्पनीले भुक्तानी नदिएको भनी प्रचार गर्दछ । यो बीमितको बुझाईको कमी हो । तर बीमा अभिकर्ताले यस्तो अवस्था आउन नदिन ग्राहकलाई समयमा भेटी शुल्क बुझाउनुपर्दछ । साथै शुल्क नबुझाएमा हुने नोक्सानीको बारेमा पनि जानकारी गराउनुपर्दछ ।

१२.बीमा अभिकर्ताले बीमितहरुको बीमा शुल्क यथाशीघ्र बीमा कम्पनीममा भुक्तानी गर्नुपर्नेछ । जसले गर्दा जोखिम वहनमा ग्यारेन्टी हुन्छ । कतिपय अवस्थामा बीमितले अभिकर्तालाई शुल्क बुझाएको तर अभिकर्ताले बीमकममा नबुझाई बीमा लेख निष्क्रिय भएको देखिन्छ । यसै अवस्थामा घटना घटेमा अभिकर्ता सम्पूर्ण कुराको जिम्मेवारी हुनुपर्दछ । साथै, प्रचलित कानुन बमोजिम कारबाहीमा पर्ने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS