SKIP THIS

MLBL
IME Life
Beema Board

समितिको सुदुरपश्चिम प्रदेश कार्यालयको भव्य उद्घाटन, जनताले महशुस गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको सुदुरपश्चित प्रदेश कार्यालयको भव्य उद्घाटन गरेका छन् । कार्यक्रममा अध्यक्ष सहित बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, समितिका निर्देशकहरु, कैलाली जिल्लाका प्रहरी प्रमुख, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु लगायतको उपस्थिति थियो ।

Prabhu
Crest

कार्यक्रममा ६ सय भन्दा धेरैको उपस्थिति थियो । कार्यक्रमलाई संबोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको प्रादेशिक कार्यालयले बीमाको साक्षरता जनता समक्ष पुर्याउनु पर्ने धारणा राखेका छन् । बीमा लगानीको जोखिम न्युनिकरण गर्ने साधन भएकोले स्थानीय सरकारले बीमालाई सँग सँगै लिएर जानु पर्ने अर्थमन्त्री शर्माको भनाइ रहेको छ ।

बीमा समितिले शाखा कार्यालय खोल्नका लागि खोल्ने मात्रै नभएर बीमाको पहुँच विस्तार गर्न र आम मानिसमा बीमाको वारेमा थाहा दिन ठुलो भुमिका खेल्नु पर्ने शर्माको तर्क रहेको छ । हामीले उत्पादनको जोखिम कसरी न्युनिकरण गर्न सक्छ त्यहि हिसावले अगाडी बढ्नु पर्ने शर्माको भनाइ छ ।

सुदुरपश्चित प्रदेशमा बीमाको पहुँच कम हुनुको एउटा कारण बीमा समितिको उपस्थिति नभएर पनि रहेको शर्माले बताएका थिए । यसका लागि पनि समितिको शाखा कार्यालय स्थापना भएको शर्माले प्रष्ट पारेका थिए । बीमा समितिले स्थानीय सरकार, प्रदेश सरकार सँग समन्वय गरेर गरिव निमुखा जनता जसले बीमा शुल्क भुक्तानी गर्न सक्दैनन् त्यस्ता जनताको बीमा गर्ने बातावरण बनाउन समेत उनले निर्देशन दिएका छन् ।

जनताले सम्पत्तीको बीमा गर्दा घरको बीमा पनि अनिवार्य रुपमा गर्नु पर्ने शर्माको धारणा रहेको छ । उनि आफैले सरकारले आफ्नो सम्पत्तीको बीमा नगरेको कुरालाई स्वीकार गरेका छन् । तर आफै मन्त्री भएर सरकारले आफ्ना सम्पत्तीको बीमा नगरेको भन्दै आवाज उठाएका छन् । तर उनले कार्यक्रममा सरकारले बीमा नगरेको विषयलाई मात्रै उठाए तर बीमा गर्ने भन्दै प्रतिवद्धता भने व्यक्त गर्न सकेनन् ।

सरकारले क्षति भए पछि क्षतिपुर्ती दिने भन्दा पनि सुरुमै बीमा गराएर क्षतिको न्युनिकरण गर्न सक्नु पर्ने उनको धारणा छ । यसरी नै गिरिवीको अन्त्य हुने र जोखिम न्युनिकरण गर्न सकिने शर्माले बताए । बीमा समितिले यस भन्दा अगाडी कर्णाली प्रदेशको शाखा कार्यालय उद्घाटन गरिसकेको छ । अर्थमन्त्री शर्माले नै पहिलो पटक कर्णाली प्रदेश कार्यालयको उद्घटन गरेका थिए । समितिले मधेश प्रदेशमा पनि शाखा कार्यालय स्थापना गरिसकेको छ । त्यस्तै वागमति प्रदेश बाहेक अन्य तीन वटा प्रदेश कार्यालयमा शाखा कार्यालय स्थापनाका लागि समितिले आवस्यक प्रकृयाँ अगाडी बढाइसकेको छ ।

समितिले प्रदेशिक स्तरमा रहने गरी लघु बीमा कम्पनी स्थापना गर्न यहि असोज १३ गतेसम्म आवेदन आह्वान गरिरहेको छ । त्यसैले गर्दा पनि समितिले प्रादेशिक कार्यालय स्थापनाका लागि जोडतोडले लागिपरेको छ । यस्ता प्रदेशिक कार्यालयले अभिकर्तालाई लाइसेन्स दिने, उनिहरुको नविकरण गर्ने, कम्पनीहरुको प्रादेशिक तथा शाखा कार्यालयको नियमित नियमन सुपरिवेक्षण तथा अनुगमन कार्य गर्नेछ । यसका साथै मोफसलमा रहेका बीमाका समस्या समाधान गर्ने यस्ता कार्यालयले सहजिकरण गर्न पाउने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS