काठमाडौं । बीमा समितिले महंगोदेखि सामान्य खालका ५ वटा मोटर गाडी खरिद गर्ने भएको छ । समितिले बोलकबोल मार्फत उक्त गाडी खरिदका लागि आपुर्तीकर्ता सँग सिलबन्दी डेण्टर आह्वान गरेको हो ।
समितिले १९५० सिसिको अत्याधुनिक चार पाङ्ग्रे एसयुभि एक गाडी खरिद गर्ने भएको हो । त्यस्तै सामान्य किसिमको ११५० सिसिको ह्याचव्याक कार खरिद गर्न लागेको हो । समितिले ५ वटा गाडी खरिद गर्ने जनाएको छ । साहेद सामान्य खालको ११५० सिसिका ४ वटा गाडी र १९५० सिसिको एउटा अत्याधुनिक गाडी खरिद गर्न थालेको हो ।
बोलपत्र पेश गर्दा दस्तुर मात्रै ५ हजार रुपैयाँ लाग्नेछ । ९० दिन भित्रमा आवेदन दिन सकिने समितिले जनाएको छ । पहिलो बोलकबोलको लागि ४ लाख रुपैयाँ र दोस्रो बोलकबोलका लागि तीन लाख ७५ हजार रुपैयाँ बोलकबोल जमानत राख्नु पर्नेछ ।
इच्छुक आपुर्तीकर्ताले आजदेखि कार्तिक ६ गते मध्यान्ह १२ बजेसम्ममा बोलपत्र पेश गर्न सक्नेछन् । प्रि बिड मिटिङ असोज २७ गते बस्नेछ भने इ बिडिङ खुल्ने मिति कार्तिक ६ गते तोकिएको छ । बोर्डले विस्तार गरिरहेको शाखा कार्यालयका लागि लक्षित गर्दै उक्त गाडी खरिद गर्न थालेको हो ।