Connect IPS
IME Life

हाथवे इन्भेष्टमेन्टले डाक्यो चौधौं वार्षिक साधारणसभा, १० प्रतिशत लाभांश प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले यहि असोज २८ गते चौधौं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । हाथवेले शेयरधनीहरुलाई होटल एम्बास्डर लैनचौरमा दिउसो तीन बजे सभामा डाकेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले चौधौं वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०७८/७९ को वासलात, आयव्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

Prabhu
Crest

कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा छलफलका लागि प्रस्तुत गरिनेछ ।

संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने निर्णय पनि सभाले पारित गर्ने कार्यक्रम छ । विशेष प्रस्तावको रुपमा कम्पनीले खरिद तथा लगानी गरेको रकम अनुमोदन गर्ने रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS