SKIP THIS

MLBL
IME Life
Beema Board

लुम्बिनी सहित थप तीन वटा प्रदेशमा कार्यालय खाेल्दै बीमा समिति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । प्रादेशिक अवधारणा अन्तर्गत आफ्नो सेवा विस्तार गर्नको लागी बीमा समितिले थप तीनवटा प्रदेशमा कार्यालय संचालनमा ल्याउने भएको छ । समितिले प्रदेश १ को विराटनगर, गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा प्रादेशिक कार्यालय संचालनको लागी भवन बहालमा लिन सूचना प्रकाशन गरेको छ।

समितिले प्रत्येक प्रादेशिक कार्यालयको लागी २ हजार वर्गफुट क्षेत्रफल भएको घर वा भवन बहालमा लिनको लागी सार्वजनिक सूचनामार्फत् प्रस्ताव आह्वान गरेको हो । बुधबार सूचना प्रकाशन गरेको समितिले ३५ दिनभित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नको लागी आह्वान गरेको छ ।

Prabhu
Crest

समितिले विराटनगरमा महेन्द्रचोक देखि बरगाछी सम्म, पोखराको सभागृह, पृथ्वी चोक, चिप्लेढुंगा, न्यूरोड आसपासको क्षेत्र र बुटवलको लागी बुटवल महानगरपालिका, मिलनचोक, चौराहा, कालिकानगर आसपासको क्षेत्रमा कार्यालय संचालनको प्रस्ताव गरेको छ ।

समितिले सुदूरपश्चिम प्रदेशकाे धनगढीमा संचालनमा ल्याएकाे प्रादेशिक कार्यालय यसै साता औपचारिक उद्घाटन गर्दैछ । समितिले सुदूर पश्चिमबाहेक कर्णाली प्रदेशकाे सुर्खेत, मधेश प्रदेशकाे वीरगंजमा प्रदेश कार्यालय संचालनमा ल्याइ सकेकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS