IME Life
Beema Board

स्वदेशी सीप र उत्पादनको प्रवद्र्धन गर्न प्लाष्टिक रहित बजारको आयोजना गर्दै एनएमबि बैंक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्धन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित एनएमबि बजारको आयोजना गर्न लागेको छ ।

एनएमबि बैंकले दशै र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको हो । जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जनाएको छ । एनएमबि बैंकले आफ्ना ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवद्र्घन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको हो ।

Prabhu
Crest

बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआर÷पोस मार्फत सहूलियत मुल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ । एनएमबि बैंकले यही असोज ८ गते, शनिवारको दिन सानेपा स्थीत हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखी बेलुका ५ बजे सम्म आयोजना गर्ने उक्त बजारमा सम्पूर्ण महानुभावहरुलाई आमन्त्रण समेत गरेको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ बाट सम्मानित भइसकेको छ ।

हाल देशभर बैंकले २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS