Connect IPS
IME Life

स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीसबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीसबीच अन्तर आवद्दता सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त गेटवे पेमेन्ट सर्भीसले सञ्चालन थालनीको तयारी गरेको युपीआइ नेपाल क्यूआरबिच अन्तरआवद्धताको लागि सम्झौता भएको हो ।

सम्झौतामा स्मार्टच्वाईस टेक्नोलोजिज का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा गेटवे पेमेन्ट सर्भीसको तर्फबाट महाप्रबन्धक प्रवीण रेग्मीले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

यस सम्झौताले मुलुकको समग्र डिजिटल भुक्क्तानी प्रणालीको बिकास तथा प्रवन्धनमा टेवा पुग्ने दुवै पक्षले उल्लेख गरेका छन् । नेपाल राष्ट्र बैंकले सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाइ अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो ।

यस सम्झौता पश्यात युपीआइ नेपाल क्यूआरको सुबिधा लिने बिभिन्न ब्यापार—ब्यवशायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्ने छन् ।

त्यस्तै स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका ब्यापार ब्यवसायले युपीआइ नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनी भुक्तानी लिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS