Connect IPS
IME Life
Beema Board

आजदेखि ङादी ग्रुप पावरको अवितरित शेयर लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज असोज २ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित सर्वसाधारण समुहतर्फको १२ लाख ५७ हजार २ सय ९० कित्ता शेयर लिलाम गर्न लागेको हो ।

लिलामीमा राखिएको शेयर खरिदका लागि असोज १३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनु पर्ने छ । सर्बप्रथम सबै भन्दा बढी मूल्य कबुल गर्नेलाई शेयर बाँडफाँड गरिने छ भने त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेलाई शेयर बाँडफाँड गरिने । शेयर बाँकि रहेसम्म यहि प्रक्रियाद्वारा बढी मूल्य कबुल गरेको आधारमा शेयर बाँडफाँड हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

शेयर लिलामी प्रक्रियाको लागि बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । क्यापिटलको कार्यालय नक्साल तथा सिद्धार्थ बैंकको शाखाहरु बिराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल , घोराही, नेपालगंज, सुर्खेत, धनगडी र महेन्द्र नगर शाखाबाट बोलपत्र आवेदन बुझाउन र भर्न सकिने छ ।

कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म हकप्रद बिक्रि खुला गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १ः१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार १९ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने व्यवस्था रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS