काठमाण्डौं । भ्रष्टाचारको आहालमा फसेको सरकारी मुद्रण संस्था जनक शिक्षा सामाग्री केन्द्रले सम्पत्ति बीमाको लागी बोलपत्र आह्वान गरेको छ । केन्द्रले शनिबार सार्वजनिक सूचना प्रकाशन गर्दै प्रधान कार्यालय, छापाखाना र शाखा कार्यालय भवन, मेशिनरी, स्टकलगायतको सम्पत्तिको बीमाको लागी ईच्छुक निर्जीवन बीमा कम्पनीबाट शिलबन्दी बोलपत्र माग गरेको हो ।
केन्द्रले २ अर्ब ४८ करोड ८० लाख रुपैयाँ मूल्य बराबरको सम्पत्ति बीमाको लागी बोलपत्र आह्वान गरेको हो । केन्द्रले बोलपत्र प्रस्ताव गर्दा बीमकले धरौटीवापत १ लाख ५० हजार रुपैयाँ नगदै केन्द्रको बैंक खातामा जम्मा गर्न वा बिडबण्ड पेश गर्नुपर्ने शर्त राखेको छ । ईच्छुक बीमकले असोज ३० गतेसम्ममा ३ हजार रुपैयाँमा आर्थिक प्रशासन विभागबाट बोलपत्र फारम खरिद गरेर असोज ३१ गते मध्यान्हसम्ममा बोलपत्र पेश गर्न केन्द्रले सूचनामार्फत् आग्रह गरेको छ ।