IME Life

व्याज दर वृद्धि भएको दिन ठूला ब्रोकरको फ्लोरसिटले के देखायो ?

SPIL
NIC ASIA

काठमाडौं । बैंकहरुले निक्षेपमा दिने व्याज वृद्धि गरेको दिन शुक्रबार नेप्से परिसूचक १४ दशमलव १० अंकले घट्दै १९१० दशमलव ३८ पुगेको छ । “इण्ट्राडे”मा १९०० मुनी नै आएको बजार बन्द हुने बेला १९०० माथि बन्द भएको हो । बैंकहरु बीच व्याज दर बढ्न नदिने भद्र सहमति तोडिएको समाचार विहिवार आएकोले विहिवार भने बजार ५७ अंकले घटेको थियो ।

शुक्रवार २ घण्टाको कारोवारमा ९० करोड ८१ लाखको शेयर कारोवार भएको थियो ।

Prabhu
Crest

शुक्रवार ब्रोकर नम्बर ३४ सर्वाधिक शेयर कारोवार गर्ने ब्रोकरमा परेको छ । ब्रोकर नम्बर ३४ बाट रु. १० करोड ८ लाखको शेयर कारोवार भएको थियो । सो ब्रोकरबाट रु. ४ करोड ४० लाखको शेयर खरिद हुँदा रु. ५ करोड ६७ लाखको शेयर बिक्री भएको छ । यस ब्रोकरबाट खरिदको तुलनामा रु. १ करोड २७ लाख धेरै बिक्री भएको छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५८ बाट रु. ९ करोड ४९ लाखको शेयर कारोवार हुँदा रु. ४ करोड ७२ लाखको शेयर खरिद भएको छ भने रु. ४ करोड ७६ लाखको शेयर बिक्री भएको छ । व्याज दर र शेयर बजारको नकारात्मक सम्बन्ध भएको कारणले गर्दा व्याज दर वृद्धिको प्रभाव शेयर बजारमा परेको छ ।

त्यस्तै, असोजबाट शेयर बजारमा शुक्रवार हुने छैन । अन्तिम शुक्रवारको कारोवारलाई शेयर बजारले घटेर विदाई गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS