Connect IPS
IME Life

भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२ सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू – वाई ३५ र वाई २२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् । हालै सार्वजनिक भएका यी दुवै स्मार्ट फोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने “हाम्रो प्रसिद्ध वाई सिरिजका साथ भिभोले नेपाली युवाहरूको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् । हामीले भिभो वाई ३५ र वाई २२ नेपालमा उपलब्ध गराएका छौं जसमा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्दछ ।”

Prabhu
Crest

स्टाइल र प्रविधिको उत्कृष्ट संयोजनको रूपमा भिभो वाई ३५ ले उद्योगमा आकर्षक विशेषताहरु प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई थप सहज र निर्बाध अनुभवको लागि विस्तारित र्याम ३.० अर्थात ८जीवी र्याममा थप ८ जीवी सम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ, र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ । यसमा ५०००एमएएच ब्याट्री रहेको छ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यो स्मार्टफोनले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्दछ । यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र उच्च गुणस्तरिय तस्विरहरू खिच्छ र व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्दछ । यसमा सुपर नाइट क्यामेरा विशेषताहरु छन् जसले प्रयोगकर्ताहरूलाई कुनै समस्या बिना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ र बोकेह फ्लेयर पोट्र्रेटले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट र आश्चर्यजनक पोट्र्रेटहरू खिच्न मद्दत गर्दछ ।

भिभो वाई २२ ले प्रयोगकर्ताहरूलाई आकर्षक विशेषताहरुको साथ अर्को उत्कृष्ट विकल्प प्रदान गर्दछ । वाई२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्दछ । यो स्मार्टफोन १८वाट फास्ट चार्जको साथमा शक्तिशाली ५०००एमएएच ब्याट्रीद्वारा संचालित छ । वाई२२ मा ५०एमपी रियर क्यामेरा छ जसबाट स्पष्ट, आश्चर्यजनक र ब्राइट तस्बिरहरू लिन सकिन्छ । वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् । भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ । त्यस्तै मल्टि स्टाइल पोट्र्रेटले धेरै पोट्र्रेट स्टाइलहरु समावेश गर्दछ ।

दुबै वाई ३५ र वाई २२, वाई सिरिजका नयाँ स्मार्टफोनहरू हुन् जुन मिनिमलिस्ट स्टाइलका छन् र एजी सर्फेशका कारण होल्ड गर्न सहज छन् । २.५डी कर्भेचरको साथमा फ्ल्याट फ्रेम डिजाइनले गर्दा स्मार्टफोनमा सुन्दरता थप्छ । यसका साथै, दुवै उपकरणहरूमा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ ।

वाई ३५ (८जीवी प्लस १२८जीवी) दुई ट्रेन्डी कलर भेरियन्ट – एगेट ब्ल्याक र डन गोल्ड कलरमा रु ३०,९९९ मा उपलब्ध छ । त्यस्तै ४ जीवी र्याम र ६४ जीवी रोम भएको वाई २२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा रु २२,९९९ मा उपलब्ध छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS