काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव १० प्रतिशतले घट्दा १९१० दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज कुल ९० करोड ८१ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । साथै ३० कम्पनीको शेयर बढ्दा १५१ कम्पनीको शेयरमा भने गिरावट आएको छ ।
आज बजार घट्दा सबैभन्दा धेरै रिडि पावर कम्पनीको शेयर कारोबार भएको छ कम्पनीको ४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी आज नविल व्यालेन्स फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर ७ दशमलव ८७ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ९ रुपैयाँ कायम भएको छ ।