काठमाडौं । आज नेप्से परिसूचक ५७ अंकले घटेको १९२४ दशमलव ४८ विन्दुमा कायम भएको छ । आज कुल २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटिजन म्युचुअल फन्डका लगानीकर्ताले कमाएका छन् । आज फन्डको शेयर ४ दशमलव १२ अंकले बढेको छ भने प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि सर्वाधिक कमाएका छन् । आज बैंकको शेयर ३ दशमलव ८० प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य १ हजार ३८ रुपैयाँ कायम भएको छ । साथै सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथ स्किम २ को शेयर १ दशमलव ६९ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ ।