IME Life
GBIME

लगानीकर्ताको केहि आशा पलाएको बजार आज फेरी राताम्मे, नेप्से परिसूचकमा ५७ अंकको गिरावट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेप्से परिसूचक आज फेरी घटेको छ । आज नेप्से परिसूचक ५७ अंकले घटेको छ । आज सबै कम्पनीको शेयर कारोबारमा गिरावट आएको छ । १९२४ दशमलव ४८ विन्दुमा कायम भएको शेयर बजारमा आज कुल २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज कुल ६९ लाख ४० हजार ५९६ कित्ता शेयर कारोबार भएको छ । यसैबीच बजार घट्दा सबैभन्दा धेरै लक्ष्मि बैंकको शेयर कारोबार भएको छ । आज बैंकको कुल २१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै रिडी हाइड्रोपावरको ११ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

नेप्शे परिसूचकमा गिरावट आउँदा सबैभन्दा धेरै सिटिजन म्युचुअल फन्डका लगानीकर्ताले कमाएका छन् । आज फन्डको शेयर ४ दशमलव १२ अंकले बढेको छ भने प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ । साथै मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि सर्वाधिक कमाएका छन् । आज बैंकको शेयर ३ दशमलव ८० प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य १ हजार ३८ रुपैयाँ कायम भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS