Connect IPS
IME Life

मर्जर पारित गर्न सानिमा र जनरल इन्स्योरेन्सले बोलाए एस.जी.एम., के हुने भयो नाम र स्वाप कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले असोज ११ गते विशेष साधारणसभा बोलाएका छन्।  जनरल इन्स्योरेन्सले अमृतभोग, कालिकास्थानमा विहान ११ बजे विशेष साधारणसभा बोलाउँदा सानिमा जनरल इन्स्योरेन्सले कुण्डलीन दरवार, चण्डोलमा विहान ११ बजे नै  विशेष साधारणसभा बोलाएको छ ।

दुवै सस्थाको विशेष साधारणसभाले मर्जरलाई अन्तिम रुम दिने छ।  मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड हुने प्रस्ताव पनि दुवै कम्पनीको विशेष साधारणसभाले पास गर्ने प्रस्ताव रहेको छ।  त्यस्तै एक बराबर एकको स्वापमा मर्ज हुने प्रस्ताव पनि सोही सभाले पास गर्ने कार्यक्रम रहेको छ ।

Prabhu
Crest

त्यस्तै दुवै कम्पनी मर्जर भए पश्चात सस्थापक र सर्वसाधारणको शेयर अनुपात ५१ बराबर ४९ कायम गर्ने विशेष प्रस्ताव पनि दुवै कम्पनीको सभाले पास गर्ने कार्यक्रम रहेको छ।

दुवै कम्पनीको विशेष साधारणसभा प्रयोजनको लागि असोज ६ गते बुक क्लोज हुने छ । बुक क्लोजको आधारमा असोज ५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन योग्य हुने छन् ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड चुक्ता पुँजी वृद्धिको लक्ष्य दिएको छ । एक बराबर एकको अनुपातमा मर्जरमा जाने भएकाले मर्जर पश्चात बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब हुने छ । हाल दुवै कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ । मर्जर पश्चात बन्ने कम्पनीलाई बीमा समितिले दिएको लक्ष्य हासिल गर्न ५० करोड थप पुँजी आवश्यक पर्ने छ । प्रतिशतमा अझै २५ प्रतिशतले पुँजी वृद्धि आवस्यक रहेको छ।

सूचनाहरु :

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS