SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा समितिको सुदुरपश्चिम प्रदेशद्वारा चुरे गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

धनगढी । बीमा समितिको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले कैलाली जिल्लाको चुरे गाँउपालिकामा भदौ २४ गते बीमा सम्बन्धी व्यापक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समितिको उक्त प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा समिति बिषयक जनचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता बीमा समितिको सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले गरेका थिए । कार्यक्रमको प्रमुख अतित्थ्यता चुरे गाउँपालिकाका उपाध्यक्ष धना देवी थापाले गरेकी थिइन् । त्यसैगरी बिशेष अतिथिको रुपमा चुरे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बीबी राज सोती तथा प्रहरी चौकी घरखेड़ा, चुरेका प्रमुख लक्ष्मण सिंह चैसिर रहेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन बीमा समिति सुदुरपश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालीले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य प्रदेश कार्यालयका कर्मचारी खेमराज जोशीले दिएका थिए ।

Prabhu
Crest

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरु, बिभिन्न कृषि सहकारीका प्रतिनिधिहरु र कृषकहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा ८०जना भन्दा बढिको सहभागिता रहेको थियो । बीमा समितिका सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले बीमा समितिको भूमिका, बीमाको परिभाषा तथा महत्वको बारेमा प्रस्तुति दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा उपस्थिती स्थानीय जनप्रतिनिधिहरु तथा कृषि सहकारीका सदस्यहरु, अगुवा कृषकहरुका साथै अन्य सरोकारवालाहरुले आ आफ्ना जिज्ञासा राखेका थिए । उक्त जिज्ञासाको जबाफ प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए । उनले कृषि, पशुपन्छी तथा जडिबुटीको बीमा गर्दा लाग्ने बीमाशुल्कमा नेपाल सरकारले ८० प्रतिशत अनुदानको ब्यबस्था गरेको हुदा सबैलाई बीमा गर्न समेत आग्रह गरे ।
अधिकारीले चुरे गाउँपालिकाका उपाध्यक्ष धना देवी थापा समक्ष गाउँपालिकाबाट पनि बीमाको बिकासमा सहयोग पुर्याउन बिभिन्न बीमाका योजनाहरु ल्याई अनुदानको व्यवस्था समेत गरि गाउँपालिका भित्र बसोबास गर्ने मानिसहरुलाई सेवा सुबिधा प्रदान गर्न आग्रह पनि सोही कार्यक्रम मार्फत गरे ।

न्यून आय भएका तथा पिछडिएका बर्गका मानिसहरुमा बीमाको पहुच पुर्याउन सरकारले लघुबीमा कम्पनी स्थापना गर्ने नीति लिएको हुदा त्यसलाई कार्यन्वयन गर्ने क्रममा बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धि प्रस्ताब आव्हान गरि सकिएको र अब छिट्टै लघुबीमा कम्पनी पनि स्थापना हुने कुरा प्रदेश प्रमुख अधिकारीले बताए ।

साथै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष धना देवी थापाले बीमा समितिको सुदुर पश्चिम प्रदेश कार्यालयले यस्तो महत्वपूर्ण कार्यक्रम यस गाउँपालिकामा राख्नु भएकोमा खुसि ब्यक्त गर्दै धन्यवाद दिइन् । उनले यस गाउँपालिकाबाट बीमाका योजनाहरु ल्याउन र अनुदानको व्यवस्था गर्न समेत आफुले पहल गर्ने कुरा व्यक्त गरिन । उपाध्यक्ष थापाले फेरी पनि यस्ता बीमाका कार्यक्रमहरु ल्याउन प्रदेश कार्यालयलाई आग्रह गरिन् ।

कार्यक्रमको समापनमा बीमा समितिका सुदुर पश्चिम प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यबाद दिँदै आगामी दिनहरुमा पनि बीमा सम्बन्धी यस्तै जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै जाने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS