काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ९ दशमलव ५ प्रतिशत बोनश शेयर शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ । कम्पनीको असार २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचिकृत पश्चात हितग्राही खातामा जम्मा गरिदिएको हो ।
इन्स्योरेन्सले असार १४ गतेसम्म शेयर डिम्याट गराएका शेयरधनीको बोनस जम्मा गरिएको हो । साथै हालसम्म शेयर अभौतिकीकरण नगराएकाहरूलाई अभौतिकीकरण गराउन समेत कम्पनीले जनाएको छ ।