Connect IPS
IME Life

राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट सन्दीप लामिछाने निलम्बन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको छ । १७ वर्षिय नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका कप्तान लामिछानेविरुद्ध बिहीबार पक्राउ पूर्जी जारी भएसँगै आज बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो ।

नाबालिग गत मंगलबार मात्रै लामिछानेविरुद्ध बलात्कार गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी छन् । प्रहरीले बुधबारदेखि जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

Prabhu
Crest

प्रहरीका अनुसार पक्राउ पूर्जी जारी भएसँगै नेपाल क्रिकेट संघ (क्यान) मार्फत् लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । तर, क्यानमार्फत् लामिछाने नआए इन्टरपोलको माध्यमबाट नेपाल ल्याइने प्रहरीको भनाइ छ ।

लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोवी प्रस्थान गरेका थिए । त्यतैबाट उनी सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका हुन् । लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS