काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव १३ अंकले घटेर १,९३७ दशमलव ७४ को विन्दुमा कायम भएको छ । १ अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँको शेयर कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको १३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४११ रुपैयाँ रहेको छ ।
त्यस्तै, रिडी पावर कम्पनीको ४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको २ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।