Connect IPS
IME Life

ब्रोकर लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय, ठुला ब्रोकरको चुक्ता पूँजी एक अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ प्रणालीबाट ब्रोकर लाइसेन्स खुला गर्ने प्रणालीको प्रस्ताव मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पास गरेको छ  । बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र (लाइसेन्स) लाई खुला रुपमा वितरण गर्ने व्यवस्था प्रस्ताव गरेको हो । आज बसेको सञ्चालक समितिको बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्दै नयाँ ब्रोकरलाई लाइसेन्स दिने बाटो खुला गरेको थियो  ।

नयाँ व्यवस्था अनुसार अव ब्रोकरलाई तीन तहमा वर्गिकरण गरिनेछ । ब्रोकरको वर्गिकरण अनुसार १५ करोड रुपैयाँदेखि एक अर्ब रुपैयाँसम्म रहनेछ । सिमित दायराको धितोपत्र दलालको लागि न्युनतम चुक्ता पूँजी १५ करोड रुपैयाँ तोकिएको छ । जसले ग्राहकको आदेशअनुसार धितोपत्र खरिद बिक्री मात्रै गर्न पाउने छन् । जसको चक्ता पूँजी १५ करोड रुपैयाँ रहनेछ भने अनुमति दश्तुर २५ लाख रुपैयाँ तोकिएको छ । वार्षिक शुल्क एक लाख ५० हजार रुपैयाँ रहनेछ ।

Prabhu
Crest

त्यस्तै दोस्रो दायरा अन्तर्गत पुर्ण दायरा सहितको धितोपत्र दलाल जसको न्युनतम चुक्ता पूँजी ५० करोड रुपैयाा रहेको छ । यस्तो ब्रोकरले ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री, मार्जीन कारोबार, लगानी परामर्श र लगानी व्यवस्थापन र निक्षेप सदश्य सम्बन्धी काम गर्न पाउने छन् । तेस्रो दर्जाको ब्रोकरको न्यनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ तोकिएको छ ।  हालसम्म संख्या तोकेर वितरण गरिँदै आएको ब्रोकरको लाइसेन्स योग्य आवेदक सबैले पाउने गरि वितरण गर्ने बाटो पनि खुला भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS