Connect IPS
IME Life

आइएमई लाइफ विराटचोक शाखाद्धारा रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ विराटचोक शाखाले अवार्ड तथा रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न गरेको छ । बेलबारी –३ मा रहेको ड्रिमल्याण्ड फन पार्कको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर गत आर्थिक वर्षको व्यवसायमा आधारित भएर अवार्ड तथा थप व्यवसाय प्रवर्धनका लागि रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न गरेको हो ।

विराटचोक शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा वर्षभरि उत्कृष्ट टिम व्यवसाय गर्ने, सबैभन्दा धेरै एजेन्सि विस्तार गर्ने, व्यक्तिगत कोडमा सबैभन्दा बढी व्यवसाय गर्ने लगायतका शीर्षकका पुरस्कृत गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कार्यक्रममा कम्पनीका तालिम प्रमुख सुनिल आचार्यको व्यवसाय प्रवर्धनका क्रममा आइपर्ने समस्यामा आधारित र व्यवसाय प्रमुख कर्मराज पौडेलले कम्पनीको परिचय तथा आथिृक वर्ष २०७९/०८० को स्कीमको बारेमा विशेष प्रस्तुति सहितको मोटिभेशनल प्रस्तुति रहेको थियो ।

कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख मिलन दाहाल, सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर तथा नयाँ एजेन्सीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पुरस्कृत व्यक्तिको तर्फबाट आफ्ना अनुभव प्रदान गरिनुका साथै विशेष साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो ।

शाखा प्रमुख यामनाथ दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भने एजेन्सी म्यानेजर द्वय संजीव भट्टराई र खगिन्द्र तिम्सिनाको रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS