काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सले असोज १३ गते साधारणसभा गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो १४ औ वार्षिक साधारणसभा असोज १३ गते होटल क्लासिक सिमरा, बारामा गर्दै छ । साधारणसभा विहान ११:३० बजे सुरु हुँदै छ ।
सभाले आर्थिक वर्ष ७७/७८ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५३ करोडको आधारमा १४ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ।
त्यस्तै कम्पनीको हाल कायम पुँजी संरचनामा सस्थापक तर्फको ६० प्रतिशत र सर्वसाधारण तर्फको ४० प्रतिशतको अनुपातलाई सस्थापक तर्फ ५१ प्रतिशत र सर्वासाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ । यसको आधारमा असोज ३ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिनुका साथै लाभांश प्राप्त गर्ने छन् ।