काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव २२ अंकले घटेर १,९५१ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज म्युचुअल फण्ड बोहक सबै उपसूचक घटेका छन् । आज १४ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७१ कम्पनीको शेयर मुल्य घटेको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ६८ प्रतिशतका दरले कमाएका हुन् । एनएमबि हाइब्रिट फण्ड एल १ का इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । मन्दाकिनी हाइड्रोपावर एनआइसी एशिया ग्रोथ फण्ड लगायतका लगानीकर्ताले कमाएका छन् ।
आज सबैभन्दा धेरै सानिमामाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।