काठमाडौं । छायाँदेवी कम्प्लेक्स लिमिटेडले असोज १२ गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले सभा एलफ्ट होटल ठमेल काठमाडौंमा दिउँसो १ बजे शुरू गर्ने जनाएको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ को आय व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ ।
त्यसैगरी सभाले आगामी आथिृक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समिति गठन गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र कम्पनी सचिव नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, कम्पनीले आइपीओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।