काठमाडौं । आज शेयर बार नेप्से परिसूचक ४ दशमलव २९ अंकले घटेर १,९७३ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज ९० करोड ९९ लाख ४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको २ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।