IME Life
Beema Board

बीमा समितिले एलआईसी नेपाललाई हकप्रद शेयर निष्काशनको अनुमति दिने, ‘वैदेशिक लगानी नरोक्ने’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाललाई अन्य कम्पनीको भन्दा फरक हिसावले ट्रिट गर्ने भएको छ । भारत सरकारको लगानी रहेको भारतीय जीवन बीमा निगमले यदि एलआईसी नेपालमा तोकिएको पूँजी जुटाउन आवश्यक रकम ल्याएमा हकप्रद शेयर निष्काशनको अनुमति दिने बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले जानकारी दिए ।

एलआईसी नेपालमा भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत स्वामित्व छ । रणनीतिक साझेदार भएका, विदेशी बीमा कम्पनीको शाखाका रुपमा रहेका र ५० प्रतिशत भन्दा धेरै विदेशी लगानी रहेका कम्पनीहरुलाई फरक हिसावले हेर्नु पर्ने अवस्था रहेको उनले बताए । तर अन्य कम्पनीहरुको हकमा भने यो व्यवस्था लागु नहुने कार्यकारी निर्देशक पौडेले प्रष्ट पारे ।

Prabhu
Crest

बीमा समितिले आगामी चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुलाई न्युनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई साढे दुई अर्ब पूँजी जुटाउन निर्देशन दिएको छ । यस अवधिमा बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न पाउने छैनन् । बोनस शेयर वा मर्जर मार्फत पूँजी जुटाउनु पर्ने भन्दै बीमा समितिले दवाव दिदै आएको छ ।

यो व्यवस्था एलआईसीको हकमा भने लागु नहुने भएको छ । हाल एलआईसीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले ८८.४५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको थियो ।

एलआइसी इण्डियाको स‌ंचालक समितिले हकप्रद शेयर वापत एलआइसी नेपालमा ८० करोड ६७ लाख भारतीय रूपैयाँ अर्थात् १ अर्ब २९ करोड नेपाली रूपैयाँ थप लगानी गर्ने निर्णय गरिसकेको छ । तर उक्त रकम भने आइसकेको छैन । एलआईसी इण्डियाले साधारणसभाबाट पारित गरे सँगै उक्त रकमका लागि एलआईसी नेपालले वैदेशिक लगानीको रुपमा नेपाल भित्र्याउनेछ । यसका लागि पनि नेपाल सरकारले स्वीकृति दिनु पर्छ । भारत सरकार र नेपाल सरकारले उक्त रकम भित्र्याउन सहमति दिएमा बीमा समितिले स्वीकृति दिने पौडेलले जानकारी दिए ।

भारतीय जीवन बीमा निगमले नेपालबाट राम्रो लाभ उठाइरहेको छ । त्यसैले गर्दा पनि निगम आफ्नो हिस्सा घटाउने पक्षमा छैन । अर्को तर्फ निगम सरकारको कम्पनी भएकाले बीमा समितिले पनि मर्जरका लागि दवाव दिन सक्ने देखिदैन । त्यसैले बीमा समितिले एलआईसीलाई हकप्रद शेयर मार्फत नै पूँजी जुटाउन सहमति दिन थालेको हो । ५५ प्रतिशत निगमको र २५ प्रतिशत विशाल ग्रुपको लगानी छ । बाँक रहेको २० प्रतिशत सर्वसाधारणको लगानी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS