IME Life
Beema Board

क्षमता नभएका शाखालाई दाबी भुक्तानीको अख्तियारी दिनु घातक, कर्मचारीको दक्षताका लागि खर्चै गर्दैनन् कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले केहि दिन अगाडी एउटा सार्वजनिक कार्यक्रममा बीमा कम्पनीका शाखा कार्यालयलाई नै दाबी भुक्तानीको अख्तियारी दिनु पर्ने धारणा राखेका थिए । समितिका अध्यक्ष सिलवालले शाखा कार्यालयका कर्मचारीलाई दाबी भुक्तानीको अधिकार दिनु पर्छ भन्दै गर्दा उक्त शाखाहरुमा काम गर्ने कर्मचारीहरु यसका लागि कतिको योग्य छन् भन्ने प्रश्न उठ्न थालेको छ ।

केवल मार्केटिङ स्किल भएका कर्मचारीबाटै परिचालित शाखा कार्यालयहरुले राम्रोसँग अण्डराइटिङ पनि गर्न जानेको पाइदैन । यस्तो अवस्थामा बीमा कम्पनीहरुले समय समयमा कर्मचारीलाई स्किलफुल तालिम दिने प्रवन्ध पनि मिलाउदैनन् । बीमा कम्पनीले व्यवसाय केन्द्रित जुम मिटङ तथा सेमिनार बैठकका अलवा विशुद्ध रुपमा ज्ञानमा आधारित तालिम समेत दिदैनन् ।

Prabhu
Crest

फरक फरक विषयमा ५/७ दिन ५/७ दिनका तालिम समेत दिन नसक्ने कम्पनीहरुका शाखाबाट दाबी भुक्तानीको अख्तियारी दिने भन्ने कुरा आफैमा जोखिमपुर्ण रहेको ति कम्पनीका उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरु बताउछन् ।

बीमा समितिले शाखा कार्यालयलाई दाबी भुक्तानीको अख्तियारी दिने भन्दै गर्दा उक्त शाखा कार्यालयमा कार्यरत कर्मचारीको क्षमता बढाउन निर्देशन दिनु पर्ने उनिहरुको तर्क छ । जवसम्म शाखा कार्यालयका कर्मचारीहरु सबै काममा दक्ष हुँदैनन् तवसम्म दाबी भुक्तानीको अख्तियारी दिनु भोलिका दिनमा दुर्घटनाको कारक बन्ने कर्मचारीहरु बताउछन् ।

उनिहरुले भनेजस्तो शाखा कार्यालयलाई अख्तियारी दिनु हुँदैन भन्ने कुरा आफैमा जायज पनि छैन । तर उनिहरुले भने जस्तो कर्मचारीहरुको क्षमता र दक्षता विकास नगरी अख्तियारी मात्रै दिने कार्य भने उचित नहुन सक्छ ।

जसरी नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीहरुका लागि नाफाको ३ प्रतिशत रकम कर्मचारीको तालिम तथा क्षमता अभिबृद्धिका लागि खर्च गर्नु पर्ने व्यवस्था गरेको छ । तर बीमा क्षेत्रमा यस्तो प्रावधान छैन । बीमा समितिले पनि बीमा कम्पनीहरुले मुनाफाको निश्चित रकम कर्मचारीको क्षमता अभिबृद्धिका लागि खर्च गर्दै पर्ने बाध्यात्मक व्यवस्था गर्नु पर्छ । जवसम्म कर्मचारीहरु दक्ष र क्षमतावान हुँदैनन् तवसम्म बीमा क्षेत्र पनि राम्रो हुँदैन ।

कर्मचारीको तह अनुसार उनिहरुको कार्यक्षमतामा निखारता ल्याउदै लैजानु पर्छ । यसले व्यवसायिकता बढाउन मद्दत गर्नुका साथै भोलिका दिनमा बीमा क्षेत्रले अन्य क्षेत्रबाट कर्मचारी तानिरहनु पर्दैन । तर कर्मचारीलाई दक्ष बनायो भने अर्को कम्पनीमा जान्छ भन्ने गलत मानसिकताले गर्दा कर्मचारीहरु अवसरबाट बञ्चित छन् ।

अझ मोफसलमा जाने हो भने बीमाको राम्रो ज्ञान पनि नभएका कर्मचारीहरुले सञ्चालन गरिरहेका हुन्छन् । सामान्य बीमा फारम भर्न जान्ने र बीमा शुल्क संकलन गर्न सक्ने कर्मचारीले नै शाखा चलाएर बसिरहेका छन् । यस्तो अवस्थामा शाखा कार्यालयमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई बीमाको विशिष्ट ज्ञान हुन आवस्यक छ । यसका लागि उनिहरुलाई नियमित रुपमा तालिमकै आवस्यकता पर्दछ ।

कतिपय शाखामा बीमा कम्पनीका शाखा कार्यालयका कर्मचारी भन्दा अभिकर्ता बढि जान्ने सुन्ने र बुझेका हुन्छन् । किनकी उनिहरुलाई कम्पनीले नियमित रुपमा विभिन्न तालिम सेमिनार दिइरहेका हुन्छन् । यतिसम्मकी बीमा कम्पनीका अभिकर्ता एमडिआरटी जस्तो सम्मेलनमा भाग लिएर आइसकेका छन् । अव एमडिआरटी जस्तो ठुला ठुला सम्मेलनमा गएर तालिम लिएका अभिकर्ता र कर्मचारीहरु एकैनासका हुनै सक्दैनन् ।

बीमा कम्पनीहरु आफ्ना कर्मचारीलाई विदेशी संस्थाहरुमा तालिमका लागि सहभागी गराउनै चाहदैनन् । यदि कर्मचारीहरुले अन्तर्राष्ट्रिय स्तरका समेनार तालिममा सहभागी गरायो भने फर्केर पनि कम्पनीमा आउदैनन् भन्ने मानसिकता बनाएका हुन्छन् । अर्को तर्फ कर्मचारीहरुलाई तालिम सेमिनारमा पठायो भने कसले व्यवसाय ल्याउछ भन्ने तर्क उनिहरुको रहन्छ ।

यसरी एउटै शाखामा काम गर्ने अभिकर्ता र कर्मचारीमध्ये अभिकर्ता नै बढि तालिममा सहभागी भएर बढि जान्ने सुन्ने हुन्छ । यस हिसावले गर्दा पनि कितपय शाखामा अभिकर्ता बढि हाबी हुन्छन् । उनिहरुले भनेका कुरा बीमा कम्पनीका कर्मचारीले नकार्न सक्दैनन् । तर समय समयमा फस्ने गर्छन् । अभिकर्तालाई सामान्य क्रस पनि गर्न नसक्दा अपराधिक घटनाहरु दोहोरिहन्छन् । यदि कर्मचारीले समय समयमा विभिन्न तालिम सेमिनारमा सहभागी हुन पायो भने उनसले अभिकर्ताहरुलाई नै सिकाउन सक्छ । यस विषयमा बीमा समितिले उचित नियम कानुन बनाउनु पर्ने देखिन्छ ।

बीमा कम्पनीहरुका कर्मचारी तथा अभिकर्तालाई तालिम दिने इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले पनि यस्तो क्षेत्रमा काम गरिरहेको छैन । समितिले यस संस्थालाई अझ बढि प्रभावकारी रुपमा अगाडी बढाउन सक्नुपर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS