काठमाडौं । आज नेप्से परिसूचक १ दशमलव ६७ अंकले घटेर १,९७० दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज ६९ करोड ८८ लाख ५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नविल बैंकको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको २ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।