काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुले होटल जंगल क्राउनको सेवाहरुमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक र चितवनस्थित होटल जंगल क्राउन प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
बैंकका अनुसार समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।