IME Life
Beema Board

बीमा विधेयकमा सर्भेयरलाई मध्यस्थकर्ताबाट हटाउन संघले राष्ट्रिय सभाका अध्यक्षलाई भेटेरै गर्यो अपिल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय सभामा टेबल भएको बीमा विधेयक २०७५ मा सर्भेयरलाई मध्यस्थकर्ता र दलालको रुपमा राखिएको भन्दै बीमा सर्भेयर संघ नेपालले सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनालाई भेटेर ध्यानाकर्षण गराएको छ ।

संघको अध्यक्ष महोन पुरुष ढकाल सहित पदाधिकारीहरुले राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनालाई भेटेरै चार बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । संघले विभिन्न समयमा बीमा समिति र नेपालको विभिन्न राजनैतिक दलहरुसँग पटक पटक सर्भेयरहरुको गम्भिरता र जिम्मेवारीको बारेमा निवेदन गराएको थियो । हाल बीमा विधेयक २०७९ ले सर्भेयरका सन्दर्भमा झनै बढी अन्यौलता र अस्पष्टता ल्याएको भन्दै यस विषयमा भएका पुर्ववत् छलफलमा उठेका विषयलाई समावेश गर्न संघले अपिल गरेको छ ।

Prabhu
Crest

अध्यक्ष तिमल्सिनालाई ज्ञापनपत्र बुझाउदै संघले भनेको छ ‘मध्यस्थकर्ता र दलालको एक भागजस्तो अर्थ लाग्ने गरी आएको सर्भेयर पेशाप्रतिको सोचमा हाम्रो गम्भिर आपत्ती छ । नाम ‘सर्भेयर’ नै हुनुपर्ने र मध्यस्थकर्ता, दलालको एक भाग नभई ‘सर्भेयर’को अलग्गै पहिचान हुनुपर्ने जोडदार माग गर्दछौ । दास्तावेजको दफा एक परिच्छेद एक को नाम ‘सर्भेयर हुनुपर्ने हाम्रो माग रहेको छ ।’

संघले विधेयकको परिच्छेद ११ को दफा ९३ उपदफा ३ मा ईजाजतपत्रको अवधि ५ वर्षको हुनुपर्ने माग गरेको छ । सोही दफाको उपदफा ४ मा निर्जीवन बीमा अन्तर्गत सम्पुर्ण किसिमको सर्भेकार्य गर्न दिइनुपर्ने हुनुपर्ने संघको माग छ ।

बैंकिङ कसुर ऐन जस्तो नभई सर्भेयरहरु सेवामुखि पेशाको मातहत रहेकाले सबैखाले दण्ड, जरिवाना हटाएर नेपालको कानुन आकर्षण हुने व्यवस्था हुनुपर्ने संघको माग छ । नविकरणको विधि विद्यमान नियम नै समयानुकुल हुने र सर्भेयरको मनोबल उँचो राख्न व्यवस्थित गर्न सम्बन्धित निकायलाई पनि अनुरोध गर्ने संघले जनाएको छ ।

संघले अध्यक्ष तिमल्सिनालाई भेटरेर ऐनमा भएका व्यवस्था प्रति कुनै आपत्ती नभएको तर सर्भेयरलाई होच्याउने हिसावले प्रयोग भएको शब्द प्रति भने आपत्ती रहेको जनाएका थिए । सोही छलफलका क्रममा विभिन्न राजनीतिक दलका नेताहरु पनि आइपुगेका थिए । उनिहरुले पनि संघका प्रतिनिधिहरुलाई यस विषयमा आवाज उठाउने भन्दै आस्वासन दिएका छन् । राष्ट्रिय सभाको बैठक आजै तीन बजे बस्दैछ । जहाँ अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS