SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन, पहिलो पटक प्रादेशिक सेवाको शुभारम्भ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन गरेका छन् । बीमा समितिले एक भव्य कार्यक्रमका विचमा पहिलो प्रादेशिक कार्यालयको शुभारम्भ गरेको छ । समितिले गत असार एक गतेदेखि नै उपनिर्देशक पदम सोडारीको नेतृत्वमा कार्यालय सञ्चालनमा ल्याएको थियो । तर औपचारिक रुपमा भने आजदेखि शुभारम्भ भएको छ ।

Prabhu
Crest

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री लगायतको उपस्थिति थियो । समितिले एकै पटक तीन वटा प्रादेशिक कार्यालयको स्थापना गरेको छ । जस मध्ये औपचारिक रुपमा पहिलो उद्घाटन गर्न कर्णाली प्रदेश कार्यालय सफल भएको छ । आजको कार्यक्रममा ६०० जना भन्दा धेरैको सहभागिता थियो ।

कार्यक्रमलाई संबोधन गर्दै अर्थमन्त्री शर्माले गरिवको बीमा हुनु पर्यो यसका लागि बीमा समितले विश्वसनियता बढाउनु पर्ने धारणा राखेका थिए । राष्ट्रिय सभामा टेवल भएको बीमा विधेयकले लघु बीमाको व्यवस्था गरेको भन्दै शर्माले यस मार्फत गरिव जनताको बीमामा पुहँच पुग्ने बताए । साथै बीमा समितिको प्रादेशिक कार्यालयले बीमाको पहुँच विस्तारमा उल्लेख्य योगदान पुर्याउनु पर्ने विचार प्रस्तुत गरेका थिए । त्यस्तै अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समितिको प्रादेशिक कार्यालय शाखा कार्यालय नभइ पुर्ण अधिकार सहितको अड्डा भएको बताए ।

प्रादेशिक कार्यालयले कर्णाली प्रदेशभरिका अभिकर्तालाई लाइसेन्स दिने तथा तालिम दिनेछ । त्यस्तै सर्भेयरको लाइसेन्स नविकरण पनि गर्न पाउनेछ । बीमितले प्रादेशिक कार्यालयमा आफ्ना गुनासो राख्न पाउनेछन् । उनिहरुको गुनासोलाई प्रादेशिक कार्यालयले नै सहजिकरण गर्न पाउनेछ । कर्णाली प्रदेशमा रहेका बीमा कम्पनीका अभिकर्ताले लाइसेन्स लिन तथा नविकरण गर्न काठमाडौ पुग्नु पर्ने झण्झटको अन्त्य भएको प्रादेशिक कार्यालय प्रमुख उप निर्देशक पदम सोडारीले जानकारी दिए । बीमा समितिको बोर्डले गर्ने निर्णय तथा काम कारबाही बाहेक प्रादेशिक कार्यालयलाई सम्पुर्ण अधिकार प्रत्यायोजन गरिएको उनले बताए ।

हिजोका दिनमा काठमाडौं भन्दा बाहिरका शाखा कार्यालय कसरी सञ्चालन हुन्छन् भनेर सामान्य निरीक्षण समेत गर्न नभ्याउने बीमा समितिले अव नियमित रुपमा नियमन, निरिक्षण तथा सुपरिवेक्षण गर्न सक्नेछ । दाबी भुक्तानी नपाएर पर्ने उजुरीका आवस्यक प्रकृयाँ पनि यहिबाट अगाडी बढ्ने सोडारीले बताए ।

समितिको प्रादेशिक कार्यालयले यस क्षेत्र भित्र रहेका बीमा कम्पनीका शाखा कार्यालयको नियमन र सुपरिवेक्षण गर्नुका साथै कम्पनीहरुले के के गरिरहेका छन् भन्ने प्रत्यक्ष सुपरिवेक्षण गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS