IME Life

उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई पुनर्बीमाले शोधवृत्ति प्रदान गर्न माग गर्यो आवेदन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लागि शोधवृत्ति प्रदान गर्ने भएको छ । जसका लागि कम्पनीले आवेदन माग गरेको छ । नेपालमा स्नाकोत्तर एमफिल र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको शैंक्षिक कार्यक्रम अन्तर्गतको शोधप्रबन्धको लागि सामाग्री हुने गरी आधारभुत प्राज्ञिक अनुसन्धान गराउन उक्त रकम प्रदान गर्नका लागि आवेदन माग गरेको हो ।

कम्पनीले लिएका उद्देश्यहरुमध्ये पुनर्बीमा तथा बीमा क्षेत्रका विभिन्न विषय तथा जोखिम समुहहरुको पहिचान, विश्लेषण, मापन अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने विषयलाई पुरा गर्ने गरी कम्पनीको शोधवृत्ति संचालन कार्यविधी २०७८ तथा आर्थिक वर्ष २०७९ /८० को लागि सोधवृत्ति आवेदन माग गरिएको हो ।

Prabhu
Crest

कम्पनीको कार्यविधी तोकिएको वर्षको लागि स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत नेपालमा जोखिम व्यवस्थापन, बीमा, पुनर्बीमाका सिद्धान्त र अभ्यासको प्राज्ञिक प्रवद्र्धन गर्न र बीमा सम्बन्धमा प्रमाणमा आधारित नीति निर्माणमा उपयोगी हुने ज्ञानको विस्तारका लागि नेपालका विश्वविद्यालयका स्नाकोत्तर, एम.फिल र विद्यावारिधि तहमा अभ्ययनरत विद्यार्थी वा शोधार्थीलाई उनीहरुको शैंक्षिक कार्यक्रम अन्तर्गतको शोधप्रबन्धको लागि सामाग्री हुने गरी आधारभुत प्राज्ञिक अनुसन्धान गराउन उक्त रकम प्रदान गर्नका लागि आवेदन माग गरेको जनाएको छ ।

स्नाकोर तहको लागि शोत्रवृत्ति रकम १ लाख रुपैयाँ रहेको छ । एमफलका लागि शोत्रवृत्ति रकम २ लाख र विद्यावारिधिका लागि शोत्रवृत्ति रकम ४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । ईच्छुक विद्यार्थीहरुले कम्पनीको कार्यालय वा इमेल मार्फत २०७९ कार्तिक ३० गतेभित्र आवेदन र आवश्यक कागजात पेश गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS