SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा समितिको भवन निर्माण स्थलबाट कार्यालय नसार्दा कर्मचारी उच्च जोखिममा, काम गर्ने वातावरण नै छैन !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले भवन निर्माण स्थलबाट कार्यालय स्थानान्तरण नगर्दा कर्मचारीको दैनिकी कष्ठकर बनेको छ । निर्माण सामाग्री ओसार प्रसार तथा निर्माण कार्यले गर्दा काम गर्न धेरै असहज भइरहेको कर्मचारीहरु बताउछन् । केहि दिन अगाडी पुरानो भवनमा पानी छिर्दा सम्पुर्ण कार्पेट नै झिक्नु परेको थियो । निर्माणका साधनहरु आवतजावत गर्दा वर्षाको समयमा सामान्य हिडडुल गर्न समेत गाह्रो भइरहेको छ ।

त्यसमा पनि निर्माणका क्रममा चल्ने निर्माण उपकरणको आवाजले काम गर्न सक्ने अवस्था नै छैन । सामान्य कामले बीमा समिति पुग्नेहरुलाई पनि केहि समय टिक्न हम्मे हम्मे पर्छ । यहि अस्वभाविक ध्वनीकै कारणले गर्दा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आफ्नो कार्यकक्ष नै परिवर्तन गरेका छन् । पुरानो भवनको बन्द कोठामा एसि चलाएर बस्ने कर्मचारीहरुलाई काम गर्दा केहि सहज होला तर प्रिफ्यावको खुला भवनमा काम गर्न धेरै गाह्रो छ । बीमा समितिले जारी गरेको इन्जिनियरिङ बीमाको निर्देशिकाको विरोधमा बीमा समिति पुगेका निर्माण व्यवसायी इपानका पदाधिकारीहरु समेत यहाँको ध्वनी प्रदुषण सहन नसकेर फर्किएका थिए ।

Prabhu
Crest

बीमा समितिले गत मंसिर २७ गते नयाँ भवनको शिल्यान्स गरेको थियो । ठेकेदार कम्पनी सँग समितिले ३० महिनामा काम सम्पन्न गर्ने संझौता गरेको छ । भवन निर्माण अवधि यति धेरै लामो समय हुँदा पनि बीमा समितिले कार्यालय परिवर्तन गर्ने सोच बनाएको छैन ।

समितिले ठेकेदार सँग भवन निर्माण संझौता गर्दा अगाडीको भवन निर्माण कार्य सुरु भए पछि भत्काउने सहमति गरेको थियो । तर समितिले अटेर गर्दै पुरानै भवनबाट दैनिक कार्य सञ्चालन गर्दै आइरहेको छ । ठेकेदार तथा कर्मचारीहरुले पटक पटक कार्यालय स्थानान्तरण गर्न माग गर्दा समेत बीमा समिति उच्च व्यवस्थापनले अटेर गरिरहेको छ ।

खासमा बीमा समितिको चावहिलमा आफ्नै भवन पनि छ । तर उक्त भवन अहिलेको स्थानबाट धेरै टाढा पर्ने भन्दै केहि उच्च तहका कर्मचारीको आपसी सहमतिले पनि कार्यालय सर्न नसकेको हो । समितिले कुपण्डोल तथा थापाथली क्षेत्रमा कार्यालय खोजेको पनि थियो । तर यसमा सहमति हुन सकेन । भवन नपाएको पनि होइन तर समितिले खाली जग्गामै प्रिफ्यावको अस्थाइ संरचना बनाएर कार्यालय सुचारु गर्ने अपरिपक्व योजना बनायो ।

ठेकेदारले अहिलेको पुरानो भवन भत्काउन अनुरोध गरिरहेको छ तर समिति कार्यालय स्थानान्तरण गर्ने भन्दा पनि प्रिफ्यावको संरचना थप्ने योजनामा छ । कर्मचारीहरुको पटक पटकको अनुरोधलाई वेवास्था गरेको समितिले यसरी नै अगाडी बढ्ने हो भने कुनै पनि वेलामा मानवीय क्षेती हुन सक्ने कर्मचारीहरु गुनासो गर्छन् । एक कर्मचारीले आक्रोसित हुदै भने ‘मान्छेलाई नै केहि नभएसम्म समितिले चेत्नेवाला छैन ।’

गएको साता निर्माणका क्रममा इन्टरनेट र विजुलीको तारमा समस्या आउदा एक सातासम्म कामै अवरुद्ध भयो । अहिले सुरुचारी भइसकेको छ । यसरी विद्युत र इन्टरनेटमा समस्या आउदा समितिले नियमित रुपमा गर्ने कार्यमै अवरोध आइरहेको छ । लामो समयसम्म वत्ती भएन भने समितिको सर्भर नै डाउन हुन सक्छ । यसले लाइभ डेटा प्रोसेसिङमा पनि समस्या पर्छ । अनलाइनबाटै अभिकर्ता, सर्भेयरको लाइसेन्स नविकरण गर्नेदेखि लिएर विभिन्न किसिमका अनलाइनबाट हुने कार्यमै अवरोध पुग्छ । यसको व्यवस्थापनका लागि पनि समितले सोचेको देखिदैन ।

समितिले ४१ करोड ९२ लाख रुपैयाँको लागतमा आठ तले भवन निर्माण गरिरहेको छ । गत मंसिरमा काम सुरु भएकोमा अझै बेसमेन्ट तयार हुन सकेको छैन । केहि दिन भित्रमा बल्ल बेसमेन्ट तयार हुने समितिले जनाएको छ । सामान्यतया सरकारी भवनहरु समयमा सम्पन्न भएका धेरै कम मात्रै उदाहरण छन् । यदि निमार्ण सामाग्री महंगीयो भने ठेकेदारले विभिन्न बहानामा निर्माण अवधी लम्ब्याउनेसम्मका कार्य गर्ने गरेको पाइन्छ । तोकिएकै अवधिमा निर्माण सम्पन्न भएछ भने पनि बीमा समितिको उक्त भवन सम्पन्न हुन अझै २० महिना लाग्छ ।

पूर्ण रूपमा अपाङ्गमैत्री र भूकम्प प्रतिरोधात्मक भवन निर्माण भइरहेकोले यसको संरचना जटिल छ । आठ तलाको उक्त भवनको दुई तला जमिन मुनी रहनेछ । जसमा सबैभन्दा तल्लो ग्राउण्ड फ्लोरमा पार्किङ हुनेछ भने त्यस पछिको तल्लामा चमेना गृह र कार्यक्रम हल रहनेछ । बाँकी ६ तला जमिन भन्दा माथि रहनेछ । अत्याधुनिक सेवा सुविधाले सम्पन्न यस भवनको अगाडी पट्टी ठुलो बगैचा हुनेछ । अहिले कार्यालय रहेको भवन तथा प्रिफ्यावका संचलना भएको स्थानमा बगैचा राखिनेछ । समितिले यदि कार्यालय स्थानान्तर नगर्ने हो भने भवनको तला थपिदै जादा सामान खसेर हुन सक्ने दुर्घटना अझ बढ्नेछ ।

कार्यालयमा हुने सम्भावित मानवीय जोखिमका अतिरिक्त दैनिक कार्यसम्पादनमै कठिन हुँदा समेत समितिले बिकल्प खोज्न नसक्नु कर्मचारी प्रतिको हिंसा नै हो । अर्को तर्फ काम गर्ने वातावरण नहुँदा समितिले समय सापेक्ष रुपमा गर्ने अध्ययन, अनुसन्धान तथा सुपरिवेक्षणका काम समेत प्रभावित हुने देखिन्छ । समितिले आफ्नो कार्यालय व्यवस्थापन मात्रै गरेर हुँदै समग्र बीमा क्षेत्रमै भइरहेका गतिविधिलाई नियाल्न सक्नु पर्छ । यसका लागि पहिलो सर्त काम गर्ने उचित वातावरण नै हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS