काठमाडौं । आज नेप्से परिसूचक २१ दशमलव ९७ अंकले घटेर १,९७३ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६८ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।
आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फण्ड १ का इकाईधनीले कमाएका छन् । फण्डका इकाईधनीले १ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरका इकाईधनीले १ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।