काठमाडौं । मंगलवार हरितालिका तीजको दिन नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक २ दशमलव ३३ को सामान्य अंकले वृद्धि हुँदा १ अर्ब १ करोडको मात्र शेयर खरिदबिक्री भएको छ । कारोवार रकम केही दिन देखि निरन्तर घट्दै गएको छ । आइतबार २ अर्ब माथिको शेयर कारोवार भएकोमा आज दुई कारोवार दिन पश्चात कारोवार १ अर्बमा झरेको छ । तीजको कारणले गर्दा पनि कारोवार कम भएको अनुमान लगाउन सकिन्छ ।
आज अन्य ब्रोकरको तुलनामा ब्रोकर नम्बर ५८ ले अलिक धेरै शेयर कारोवार गरेको छ । ब्रोकर नम्बर ५८ बाट २१ कारोड ७५ लाखको शेयर कारोवार हुँदा दोश्रोमा सर्वाधिक कारोवार भएको ब्रोकर नम्बर ४५ बाट ९ करोड ७४ लाखको शेयर कारोवार भएको छ । यसरी हेर्दा पहिलो र दोश्रोको बिचमा निकै ठूलो अन्तर रहेको छ।
कारोवार रकम सुके पनि सर्वाधिक शेयर कारोवार गर्ने शिर्ष दुई ब्रोकरले भने बिक्री भन्दा खरिद धेरै गरेका छन् । ब्रोकर नम्बर ५८ बाट १० करोड ३५ लाखको शेयर बिक्री हुँदा ११ करोड ३९ लाख बराबरको शेयर खरिद भएको छ । त्यस्तै ब्रोकर नम्बर ४५ बाट ४ करोड ८३ लाखको शेयर बिक्री हुँदा ४ करोड ९१ लाखको शेयर खरिद भएको छ ।
शिर्ष ५ सर्वाधिक कारोवार गर्ने ब्रोकर मध्ये सुरुका दुईबाट खरिद धेरै भएको छ भने त्यस पछिको तीनमा धेरै बिक्री भएको छ ।