काठमाडौं । शेयर बजारमा सामान्य सुधार हुँदा एक अर्ब एक करोड रुपैयाँको कारोबार भएको छ । जस मध्ये सर्वाधिक धेरै कारोबार भएका १० कम्पनीको मात्रै ३४ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।
जस मध्ये सबैभन्दा धेरै नेपाल टेलिकमको ९ करोड ५७ लाख रुपैयाँको खरिद बिक्री भएको छ । हकप्रद शेयर निष्काशनको तयारी गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको मात्रै ६ करोड ३९ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।
नविल बैंकको ४ करोड ४४ लाख, रिडी हाइड्रोपावरको २ करोड ९९ लाख, हिमाल दोलखा हाइड्रोपावरको २ करोड १२ लाख, अपि पावरको एक करोड ९९ लाख, नेष्डोको एक करोड ९८ लाख, शिवम सिमेन्टको एक करोड ९३ लाख, एनसिसी बैंकको एक करोड ८७ लाख र प्राइम बैंकको एक करोड ६७ लाख रुपयाँको खरिद बिक्री भएको छ ।