IME Life
Beema Board

ओरिएण्टल इन्स्योरेन्सको मुनाफा ३० करोड, खुद बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीको मुनाफा तीन करोड रुपैयाँले खुम्चिएको छ । कम्पनीले गत आर्थिक वर्षमा ३० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्षमा ३३ करोड रुपैयाँ थियो ।

खुद बीमा शुल्क आर्जन भने २० प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ९४ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा ७८ करोड ३९ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिशन आय ११ करोड ३९ लाख रुपैयाँ गरेको छ ।

Prabhu
Crest

कम्पनीको खुद दाबी भुक्तानीमा पनि उल्लेख्य सुधार आएको छ । गत वर्षमा कम्पनीले ५९ करोड ६९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो भुक्तानी ४७ करोड ९ लाख रुपैयाँ थियो । कम्पनीले अझै ७४ करोड १९ लाख रुपैयाँ बाँकी छ ।

चालु आर्थिक वर्षको मुनाफाबाट कम्पनीले कर्मचारीको लागि ४ करोड २१ लाख रुपैयाँ बोनस व्यवस्था गरेको छ । चुक्ता पूँजी नभएको कम्पनीको जगेडा कोषमा ३१ करोड एक लाख रुपैयाँ जम्मा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS