SKIP THIS

MLBL
IME Life
Beema Board

समितिको चालु आर्थिक वर्षको कार्यक्रम: बीमा सूचना केन्द्र स्थापनादेखि र रणनितिक योजना बनाउनेसम्म

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले चालु आर्थिक वर्षमा बीमा सम्बन्धी नीति तथा रणनीतिक योजना बनाउनेदेखि लिएर बीमा सूचना केन्द्र स्थापना गर्ने कार्यक्रम तय गरेको छ । बीमा समितिले सोमबार बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा भेटघाट कार्यक्रममा चालु आर्थिक वर्षमा बीमा नियमावली, नीति तथा रणनीतिक योजना, बीमा सम्बन्धी कार्यविधि तथा ढाँचा र बीमा मार्गदर्शन एवंम निर्देशिका तयार गर्ने तथा परिमार्जन गर्ने कार्यक्रम रहेको जनाएको हो ।

समितिले चालु आर्थिक वर्षमा एनएफआरएस १७ लागु गर्ने र रिस्क बेस क्यापिटल र रिक्स बेस सोल्भेन्सी डाइरेक्टिभ्स सम्बन्धी कार्य गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्षमा बीमा सम्बन्धी जनचेतना अभिबृद्धी गर्ने र बीमाको पहुँच बिस्तारको लागि प्रदेश सरकार स्थानीय तह बीमा कम्पनी र आर्थिक पत्रकारहरु सँग अन्तर्क्रिया गर्ने लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिने भएको छ ।

Prabhu
Crest

यस वर्ष राष्ट्रिय सूचना आयोग, वित्तीय क्षेत्रको नियामक निकायहरु, बीमकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरु, कानुन व्यवसायी, बीमित, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स लगायत सरोकारवालाहरु सँग समेत छलफल तथा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ । चालु आर्थिक वर्षमा बीमा सम्बन्धी जनचेतना अभिबृद्धिको लागि देश भरनै बीमा सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।

बीमा सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना तथा माध्यमिक विद्यालय र सिटिभिटीका पाठ्यक्रममा बीमा विषय थप गर्न आवस्यक कार्य गर्ने, बीमा सूचना केन्द्र स्थापना गर्ने, बीमित हित संरक्षण कोष स्थापना गर्ने, बीमा कलेज स्थापना गर्ने र बीमा सम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकताका साथ अगाडी बढाउने लगायतका कार्य चालु आर्थिक वर्षमा गरिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

यसै वर्ष बीमा सूचना केन्द्र स्थापना गर्ने र बीमा कम्पनीहरुको सम्पुर्ण सूचनाहरु यि केन्द्रबाट लिन सकिने व्यवस्था गरिने उनले बताए । बीमा क्षेत्रमा हुने फ्रड तथा नराम्रा गतिविधिहरुलाई नियन्त्रण गर्न यसले सहयोग गर्ने अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS