Connect IPS
IME Life
Beema Board

महालक्ष्मी विकास बैंकद्धारा छात्रवृत्ती हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा आठमा अध्यनरत छात्र सन्तोष कुमार मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ । बैंकका संस्थापक तथा मनकामना दर्शन प्रा. लि.का सञ्चालक राजेश बाबु श्रेष्ठले सन्तोष कुमार मण्डललाई हस्तान्तरण गरेका हुन् ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती स्थापना भएको हो ।

Prabhu
Crest

धनुषा जिल्ला, धवौली स्थायी घर भएका सन्तोष कुमार मण्डलको पारिवारिक आर्थिक स्थिति अत्यन्त कमजोर भएकोले उनको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले रु।पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

कार्यक्रममा राजेश बाबु श्रेष्ठले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पु-याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे ।

साथै शिक्षा, स्वस्थ्य, दैवी प्रकोप, संस्कृति प्रवद्र्घन लगायतका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोर्खा र चितवनमा विभिन्न कार्यक्रम गर्दै आएको मनकामना दर्शन प्रा.लिले आगामि दिनमा काठमाडौंमा पनि त्यस्ता कार्यक्रम गर्ने प्रतिवद्घता व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको बताउदै विद्यार्थीको शैंक्षिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS