Connect IPS
IME Life

खल्ती र अपेनबीच शिक्षा क्षेत्र डिजिटलाइज गर्ने सम्बन्धी सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आफ्नो सेवालाई डिजिटलाइज गरेर थप सरल बनाउने उदेश्यका साथ एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) र खल्ती बीच साझेदारी भएको छ ।

यस साझेदारीसँगै अब अपेनमा आबद्ध रहेका ६०० भन्दा बढी मनटेस्वरीहरुले नविकरण शुल्क तथा कार्यक्रम शुल्क को सजिलै खल्ती मार्फत् भुक्तानी गर्न सक्नेछन् । साथै अपेनसँग जोडिन चाहने मनटेस्वरीहरुले पनि अपेन को रजिस्ट्रेशन शुल्क ’खल्ती’ बाट भुक्तानी गर्न सक्नेछन् ।

Prabhu
Crest

खल्तीले अपेन संग आबद्ध रहेका हरेक मनटेस्वरीहरुलाई डिजिटल शुल्क सङ्कलनको सुविधा प्रदान पनि गरेको छ । जस अन्तर्गत अब अपेन संग आबद्ध भएका र हुन चाहने सम्पूर्ण मनटेस्वरीहरुले निःशुल्क रूपमा डिजिटल शुल्क सङ्कलन गर्न सक्नेछन् । साथै ५०० निःशुल्क एसएमएसको फाईदा पनि लिन सक्नेछन् ।

एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल काठमाडौं जिल्ला प्रशासन र समाज कल्याण परिषद्मा दर्ता भएको गैर नाफामुखी संस्था हो । एस संस्थाले सामान्यतया अभिभावकको भूमिका खेल्दै प्रि स्कूललाई आवश्यक मार्गदर्शन र परामर्श प्रदान गर्छ ।

साथै बालबालिका, शिक्षक र प्रिन्सिपलहरूलाई विभिन्न अभिमुखीकरणहरू, स्टेज कार्यक्रमहरू, र प्रेरक कार्यक्रमहरू मार्फत अघि बढ्न प्रेरित गर्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS