Connect IPS
IME Life

साताको पहिलो दिन ३३ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम २ अर्बमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारममा गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ३३ दशमलव ३६ अंकले घटेर १,९८९ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज ५ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १८२ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण कावेली पावरको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको ७ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ६ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । एनएबि हाइब्रिट फण्ड १ का इकाईधनीले ३ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल प्रगति फण्डका इकाईधनीले ३ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । आज म्युचुअल फण्डका इकाईधनीले कमाएका छन् ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS