Connect IPS
IME Life

बीमा विधेयक राष्ट्रिय सभामा पेश, छलफलको सूचीमा नपर्दा पारितका लागि भदौ १६ गतेसम्म पर्खनु पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा विधेयक राष्ट्रिय सभामा पेश भएको छ । सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट पारित भएको बीमा विधेयक २०७५ लाई राष्ट्रिय सभामा पेश गरेका हुन् । बीमा विधेयक सभामा टेवल भए पनि छलफलको सूचिमा भने पर्न सकेन ।

विधेयक उपर सभाका सदश्यहरुले छलफल गरे पछि मात्रै पारितका लागि पेश गरिनेछ । सभाबाट विधेयक पारित भए पछि बल्ल ऐनले मुर्तरुप लिनेछ । दुई सदले विधेयक पारित गरेसँगै यो प्रमाणीकरणका लागि अगाडी बढ्नेछ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बस्दैछ । यहि आउदो १६ गतेको सभाबाट पारित गर्ने सभाको योजना रहेको छ ।

Prabhu
Crest

सर्वाधिक चासोको नागरिकता विधेयकलाई राष्ट्रिय सभाले विधायन समितिमा पठाएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS