IME Life
Beema Board

मर्जरले बीमा कम्पनीका कर्मचारीहरुमा निराशा बढ्दै, तत्काल समाधान नखोजे सिनर्जी आउदैन !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जरले बीमा कम्पनीका कर्मचारीमा निराशा बढ्न थालेको छ । गत साउन एक गतेदेखि एकिकृत कारोबार गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्समा अहिले कर्मचारीको समस्या चरम अवस्थामा छ । कतिपय कर्मचारीले जागिर छोडिसकेका छन् भने कतिपय कर्मचारीहरु आन्तरिक रुपमा संघर्ष गरिरहेका छन् ।

साविक एभरेष्ट इन्स्योरेन्स कम्पनीका कर्मचारीको तलब सुविधा हिमालयनको भन्दै धेरै भएकाले तलब समायोजनमा अहिले ठुलो लफडा छ । एभरेष्टका कर्मचारी तलब सुविधा घट्न दिने पक्षमा छैनन् भने हिमलायनका कर्मचारीहरु एभरेष्टकै जति हामीलाई पनि चाहिने अडान लिइरहेका छन् । तर यो मर्जर हिमालयनले एभरेष्टलाई प्राप्ति गरेकाले हिमालयनको नीतिले बढि प्रभावित पार्न खोजेको देखिन्छ । अहिले दुबै कम्पनीका कर्मचारी, सञ्चालक, उच्च व्यवस्थापन पक्षहरु विचमा यहि विषयले मनमुटावको अवस्था रहदै आएको छ ।

Prabhu
Crest

हिमालयनको यहि विषयहरु बाहिर आउदा मर्जरका क्रममा रहेका बीमा कम्पनीका कर्मचारीहरु थप निर र मानसिक तनावमा रहेका छन् । एकातिर व्यावसायिक लक्ष्य पुरा गर्ने दवाव अर्को तर्फ मर्जर पछि आफ्नो हैसियत तथा जागिरको सुनिश्चिता प्रतिको संकाले उनिहरु तनावमा छन् । अधिकाम्स कर्मचारीमा मर्जर पछि जागिर नै रहला कि नरहला भन्ने संसय देख्न पाइन्छ ।

हिमालयन र एभरेष्टले मर्जर अगाडी कर्मचारको विषयमा नीति तथा कार्यक्रम र योजना नबनाउदा कर्मचारीमा निराशा बढ्दै गएको हो । बीमा समितिले गत चैत १० गते सम्पुर्ण बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै मर्जरका क्रममा कर्मचारीले खाइ पाइआएको तलव सुविधा नघट्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

बीमा समितिले परिपत्र मार्फत निर्देशन जारी गरे पनि यस विषयलाई बीमा कम्पनीले गम्भिरताका साथ नलिदा कर्मचारीहरुले अहिले असुरक्षित महशुश गरिरहेका छन् । कर्मचारीहरुको ट्रेड युनियनले पनि बीमा समिति तथा बीमा कम्पनीहरुलाई पटक पटक चेतावनी दिदै आएका छन् ।

बीमा समितिले यस विषयमा निश्चित मार्गदर्शन बनाउनु पर्ने विज्ञहरु बताउछन् । कतिपय मर्जरको सहमतिपत्रमा एक बुँदामा कर्मचारीहरुले खाइ पाइ आएको सेवा सुविधाबाट नघट्ने गरी समायोजन गरिनेछ भनिएता पनि त्यो पुर्ण रुपमा कार्यान्वयन हुन नसक्दा कर्मचारीहरुमा संका पैदा भएको छ । यसरी सामान्य रुपमा गरिएका प्रतिवद्धताले भोलिका दिनमा ठुलो धोका बेहोर्नु पर्ने हुन सक्ने उनिहरुको धारणा छ ।

मर्जर पछिको सिनर्जीमा सबैभन्दा ठुलो भुमिका कर्मचारीको हुन्छ । यदि कर्मचारीको उचित समायोजन हुन सकेन भने भोलिका दिनमा मर्जर नै असफल भएर कम्पनी नै असफल हुन सक्छ । मर्जर हुनु भन्दा अगाडी कतिपय कर्मचारीको पदोन्नती हुने समय रहन्छ । तर मर्जर पछि त्यस कम्पनीको बुढुवा फाइल तथा मूल्याङ्कन नै हराउने तथा नयाँ बन्ने कम्पनीले लिने नयाँ कार्यदिशामा उक्त कुरा नपर्ने जस्ता कुराहरुले पनि कर्मचारीमा संसय पैदा गरेको हो ।

बीमा समितिले मर्जर पछि बीमा कम्पनीहरु बलियो हुने भनिरहदा कर्मचारीको हकहितलाई कसरी सुचिश्चित गर्न सकिन्छ भनेर पनि सोच्नु पर्ने हुन्छ । यस विषयमा बीमा समितिले पनि उचित अनुसन्धानका कार्यहरु गर्न सकिरहेको छैन । मर्जर पछि बीमा कम्पनीमा आउने कर्मचारी समस्याको समाधानका लागि अहिलेदेखिनै अध्ययन हुन सकेको छैन ।

बीमा समितिले केहि समय अगाडी बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र तथा योग्यताको अध्ययन सुरु गरेको थियो । यसका लागि कम्पनीहरु सँग कर्मचारीहरुको शैक्षित योग्यताका प्रमाणपत्र मगाउनेदेखि लिएर त्यसको विस्तृत अध्ययन गर्ने भनेको थियो । तर समितिले अहिलेसम्म पनि यसको प्रतिवेदन सार्वजनिक गरेको छैन । यसले बीमा क्षेत्रमा रहेका अयोग्य तथा नक्कली शैक्षिक प्रमाणपत्र धारीहरुलाई तह लगाउनेछ ।

मर्जर भई एकीकृत कारोवारका लागि बाँकी रहेका (प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स), (सानिमा जनरल र जनरल इन्स्योरेन्स),(सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स),(सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स) र (प्रभु र अजोड इन्स्योरेन्स) का कर्मचारीहरुलाई पनि एकीकृत कारोवार अघि कुनै पनि कर्मचारीसँग कसैले केहि सल्लाह पनि नगरेको र जानकारी नगराएका कारणले गर्दा एकीकृत कारोवार पछि आफुलाइ के हुने हो भन्ने विषयमा धेरै जनाले मानसिक तनाव बेहोरिरहेका छन् । त्यसैले मर्जरको सहमति गरेका कर्मचारीले अहिलेदेखिनै समाधानका उपायहरु अवलम्बन गर्नु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS