Connect IPS
IME Life

बीमा विद्येयकमा सर्भेयरलाई मध्यस्थकर्ताबाट हटाउन संघद्धारा अर्थमन्त्रीलाई आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सर्भेयर संघले बीमा विद्येयकमा सर्भेयरलाई मध्यस्थकर्ताको रुपमा राखेको भन्दै तत्काल हटाउन अर्थमन्त्री समक्ष आग्रह गरेको छ । संघका अध्यक्ष मोहन पुरुष ढकाल सहितको टोलीले आज अर्थमन्त्री जनार्दशन शर्मालाई भेटेर सर्भेयरसँग सम्बन्धित व्यवस्थाहरु हामीलाई असहज भयो भन्दै परिमार्जन गरिदिन आग्रह गरेका हुन् ।

उनीहरुको यस्तो आग्रहपछि अर्थमन्त्ती शर्माले तपाइहरुले यो विद्येयकको विरोध गर्न खोज्नुभएको हो ? भन्दै प्रश्न गरेका थिए । संघ प्रतिनिधिहरुले हामी विद्येयकको विरोध गर्न आएका होइनौ । हाम्रो स्वागत छ । तर यसमा सर्भेयरसँग सम्बन्धित व्यवस्थाप्रति भने हाम्रो आपत्ति रहेको कुरा जानकारी गराएको बताएका छन् ।

Prabhu
Crest

संघले सर्भेयर व्यवसायीक मूल्याङ्कनकर्ता भएको हुँदा यसलाई समग्रमा बीमा मध्यस्थकर्ता भनेर राख्न नहुने बताउँदै आएका छन् । सर्भेयरले यस विद्येयकको सुरुवाति दिनदेखि नै सर्भेयरलाई अभिकर्ता, बीमा दलाल, ब्रोकरको दर्जामा नराखिदिन अनुरोध गर्दै आएका छन् । अर्थ समितिमा भएका कयौं छलफलमा पनि सर्भेयरले यस विषयमा कुरा उठाएका थिए, तर अर्थ समिति तथा मन्त्रालयका मस्यौदाकारले यसलाई सच्याउन चाहेनन् ।

अर्थमन्त्री शर्माले सर्भेयरका कुरा सुनिसकेपछि बीमा विद्येयक लामो समयदेखि अड्किएको अब जसरी पनि अगाडी बढाउनुपर्छ भनेपछि संसदमा प्रस्तुत गरिएको बताएका थिए । सबै जनाले ठिक छ भनिसकेको हुँदा नसच्चिएको उनले प्रष्ट पारे । यस विषयलाई परिमार्जन गर्न आफूले प्रयास गर्ने अर्थमन्त्री शर्माको भनाई छ ।

आज अर्थमन्त्रीसँग भेट्नुअघि संघका पदाधिकारीले बीमा समितिका निर्देशक तथा कार्यकारी निर्देशकलाई अवगत गराएका थिए । तर उनीहरुले यसमा हुन्छ भन्ने उत्तर दिएको संघले जनाएको छ । संघले यस सम्बन्धि धेरै प्रयास गरिसकेको संघले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS