काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो शाखा उपशाखा गाभ्ने तयारी गरेको छ । कम्पनीले यहि भदौ ३१ गतेदेखि शाखा उपशाखा गाभेसँगै स्थानान्तरण गर्ने भएको हो ।
कम्पनीले ६ वटै प्रदेशमा भएका शाखा उपशाखालाई गाभे पनि ग्राहकहरुले पूर्ववत रुपमै आफ्नो कारोबार गर्न सक्नेछन् । कम्पनीले वाग्मती प्रदेशस्थित काठमाडौंको कलंकी, त्रिपुरेश्वर बल्खु, कालिमाटीमा रहेको शाखा उपशाखालाई कालिमाटी शाखा गाभ्ने र कालिमाटिमा स्थानान्तरण गर्ने भएको छ । साथै थानकोट र गुर्जुधारा शाखा गाभेर गर्जुधारामा स्थानान्तरण गर्ने कम्पनीले जनाएको छ । हरिसिद्धि, गोदावरी शाखा गाभेर हरिसिद्धिमा, छहरे, नुवाकोट शाखा गाभेर नुवाकोटमा र हाकिमचोक र नारायणगढ शाखा गाभेर नायारणगढमा स्थानान्तरण गरिनेछ । साथै मेलम्ची शाखालाई भने चौतारमा स्थानान्तरण गरिनेछ ।
साथै प्रदेश नम्बर १ को धुलाबारी, काँकरभिट्टा शाखा काँकरभिट्टामा, जितपुर र सिमरा शाखालाई जितपुरमा र हरिवन, लालबन्दी शाखालाई लालबन्दीमा, रामगोपालपुर र गौशाला शाखालाई भने गौशालामा स्थानान्तरण गरिनेछ । गण्डकी प्रदेशको दलदलेमा रहेको शाखालाई भने अरुणखोलामा स्थानान्तरण गरिने कम्पनीले जनाएको छ ।