काठमाडौं । आज शुक्रबार १६ दशमलव ९३ अंकले घटेर २०२२ को विन्दुमा कायम भएको छ । आज १० कम्पनकिो मात्र शेयर मुल्य बढेको छ भने १७२ कम्पनीको शेयर मुल्य घटेको छ । आज लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । आज सबै उपसूचक घट्दा जीवन बीमा उपसूचक ० दशमलव ३१ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै एलआइसी नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ९५ प्रतिशतका दरले कमाएका हुन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ३८ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया ग्रोथ फण्डका इकाईधनीले ३ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ८८ प्रशितका दरले गुमाएका हुन् ।